Categories
ताजा समाचार मनोरंजन

ट्रेन्डिङमा एक मात्र नेपाली गीत सपना । बाँकी सबै काण्डैकाण्ड । टंकको गुनासो फेसबुकमा ।

नेपालमा पछिल्लो समय विदेशी गीतहरुको प्रभाव अलि कम हँुदै गएको अवस्था छ । केहि वर्षअघि विशेषगरी भारतीय गीतहरुले नेपाली बजार राम्रोसँग ओगटेको थियो । पार्टी , पिकनिक , विहे लगायत विभिन्न कार्यक्रमहरुमा प्राय हिन्दी गीतहरु घन्किन्थ्यो र धेरैजसो नेपालीहरु त्यसैमा रमाउँथे ।

वडा नम्वर छ मा समावेश सुर्के थैली खोईले हिन्दी गीतको प्रभाव कम गर्न धेरै भुमिका खेल्यो । यो गीत युट्युवमा करोड क्लव प्रवेश गर्ने पहिलो नेपाली गीत पनि बन्यो । केहि वर्षअघिको नेपाली चलचित्रमा लोक गीत राख्ने परम्परालाई यो गीतले पुन स्थापित पनि गरायो ।

केहि समय अघिको भारतीय नाकाबन्दीले त झन् नेपालीहरुमा भारतीय उत्पादन तथा कुराहरुमा वितृष्णा नै जगाईदियो जसको प्रभाव गीत सङगीतमा पनि देखियो । एकातिर सुर्के थैलीले एउटा ट्रेन्डनै परिवर्तन गरेको अवस्था अर्कोतिर भारतीय प्रोडक्टको वितृष्णा, एकपछि अर्को नेपाली गीतहरु करोड क्लवमा प्रवेश गरे, क्लव, विहे, भोज, पिकनिक , कार्यक्रमहरु प्राय सबैतिर नेपाली गीतहरु गुन्जिन थाले ।

नेपाली गीतहरुलाई दर्शकहरुले गर्नुभएको मायासँगै नेपाली गीतसंगीतमा लगानी पनि बढ्दै गयो फलस्वरुप नेपाली गायिकाले एउटै गीतमा लाख लिने , एउटै भिडियो ७ —८ लाख सम्मको बन्ने अवस्थासम्म नेपाली गीत संगीत पुग्यो ।

युट्युव टे«न्डिङकै कुरा गर्ने हो भने ज्यादातर राम्रा गीत संगीत विशेषगरि चलेका कलाकारहरु , टङक बुढाथोकी, प्रमोद खरेल, शिव परियार , मेलिना राई , वेभ एण्ड भाइभ डान्स ग्रुप , कार्टुन्ज क्रिउ डान्स गु्रप अनि चलचित्रका ज्यादातर गीतहरु युट्युव टे«न्डिङमा पर्थे तर पछिल्लो केहिदिन यता हेर्ने हो भने टङ्क बुढाथोकीको सपना बोलको गीत बाहेक कुनै पनि नेपाली गीत टे«न्डिङमा छैनन जबकी गत हप्तादेखि थुपै्र नाम चलेका कलाकारहरुको गीत रिलिज भएका छन् र कतिपय गीतहरु तब थुप्रै खर्च गरेर बुस्ट पनि गरिएको छ ।

टङ्क बुढाथोकीकै गीतको भिउ पनि उनको पछिल्ल्लो गीतहरुको रेकर्ड हेर्ने हो भने कम हो । प्राय काण्डैकाण्डले नेपालको युट्युव टे«न्डिङ भरिएको छ । यसरी काण्डैकाण्ड मात्र दर्शकहरुले हेर्ने हो भने , नेपाली गीत संगीतले भनेजस्तो प्रतिक्रिया नपाँउदा धेरैजसो संगीतकर्मीहरुले लगानी गर्न हिच्किचाउने अवस्था आउन सक्छ । यस विषयमा टंक बुढाथोकीले त फेसबुकमा स्ट्याटस लेख्दै आफ्नो गुनासो पोखेका छन् । हेर्नुहोस उनको स्ट्याटस जस्ताको तस्तै अनि टे«न्डिङमा एक मात्र नेपाली गीत सपना ।

Leave a Reply

Your email address will not be published.