Categories
ताजा समाचार मनोरंजन

ब्रेकअपपछि आमेश भण्डारी र निता ढुङ्गाना एकसाथ बैमानी बैमानीमा । ( भिडियो सहित )

फुलैफुलको मौसम तिमीलाईबाट नेपाली चलचित्रमा डेव्यु गरेका नायक आमेश भण्डारी र सोही चलचित्रमा आमेशको हिरोईनको रुपमा देखा परेकी चर्चित नायिका निता ढुङ्गाना एक समय वास्तविक जीवनमा पनि प्रेमि प्रेमिका थिए ।

फुलैफुलको मौसम तिमीलाई र तँ म र ऊ नामक दुई चलचित्रमा सँगै काम गरेका यी जोडीको यी दुवै चलचित्र सफल हुन सकेनन् । कतिपयले यी दुईको ब्रेकअप हुनुमा चलचित्रको असफलता पनि हो भने ।

केहि हदसम्म यो कुरा सत्य पनि थियो किनभने फूलैफुलको मौसम तिमीलाई रिलिज पश्चात यी दुवैको करियरलाई धक्का भने पुगेको थियो र उनीहरुले विभिन्न
अन्तर्वाताहरुमा एक अर्काको करियरको लागि आफूहरु छुट्टिएको बताएका थिए ।

केहि वर्षको दुरीपछि यो जोडि एउटा म्युजिक भिडियो मार्फत एकसाथ देखा परेको छ । बैमानी बैमानी बोलको यो गीतलाई जितु श्रेष्ठ र अनु अधिकारीले गाएका हुन् भने शव्द योगेन ढोलीको संगीत मिलन सुर्खेतीको , अरेञ्ज , रेकर्डिङ , मिक्सिङ रिकेश गुरुङको रहेको छ ।

साथै भिडियोतर्फ श्रृङगार हिना मगरको , छाँयाकन र सम्पादन रोशन दाहालको , सहायक कोरियोग्राफी विजन सिवाकोटीको र कोरियोग्राफी र निर्देशन विदुर सिवाकोटीको रहेको छ । थुपै्र दर्शकहरुको यो जोडीलाई सँगै देख्ने चाहना यो भिडियोले पुरा गरेको छ । गीत र भिडियो दुवैलाई श्रोता दर्शकले मन पराउने कुरामा निर्माण टिम आशावादी रहेको छ ।

https://www.youtube.com/watch?v=Obm8kw6DuPg&feature=youtu.be&fbclid=IwAR18bhG3GBo-H1RVTQTweu9AEVw-k4oQ6s6GqCxvTnwUUBl2raBod-4C49k

अर्को पनि हेरौ

मेलिना राई र राज कुमारको स्वरमा डान्सिङ गीत ओए ओए केटी सार्वजनिक भएको छ । केटा र केटीको नोकझोक वाला यो गीतको भिडियो पनि त्यस्तैनै  रमाइलो बनेको छ । शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारको रहेको यो गीतमा अभिनय ठमेल बजार गीतबाट चर्चित  अलिशा राई र दर्पण छायाँ , मंगलम जस्ता चलचित्र बाट चर्चा बटुल्न सफल  पुष्प खड्काको रहेको छ । किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने निर्देशन राजिव समरले गरेका छन ।

 

Leave a Reply

Your email address will not be published.