Categories
मनोरंजन

सारेगामापा मा धमाका मच्चाउदै नेपाली बालगायक आयुषको दमदार गीत ‘ मेरो देश ’( हर्नुस भिडियो )

भारतको ठुलो रियालिटी शो मध्यको एक सारेगामापा मा धमाका मच्चाउदै नेपाली बालगायक आयुषको दमदार गीत ‘ मेरो देश ’ सर्बजनिक भएको छ। यस गीतमा स्मिता घिमिरे को साथमा आयुष केसीको आवाज रहेको छ।

अनिश श्रेष्ठ ले अरेन्ज गरेको यस गीतलाई लेख्ने तथा संगीत भर्ने काम गायक आफै स्मिता घिमिरेले गर्नुभएको छ। आयुष केसीको समेत स्वर रहेको यस गीतलाई शाइन स्टुडियोमा रेकर्ड गरिएको हो।

यस गीतको म्युजिक भिडियोमा शारदा अधिकारि, कुमार रेग्मी , गीता राइ , जोर्डन राजभण्डारी , रमा देबी र संजयको अभिनय रहेको छ। भिडियोलाई बुद्ध थापाले क्यामरामा कैद गरेका छन् भने विकास धमला ले सम्पादन र निकेश खड्काले निर्देशन गरेका छन्।

मेरो देश प्राण भन्दा प्यारो मेरो देश भन्ने बोल रहेको यस गीतले रास्त्रियता झल्काउने खालको बनेको छ। आफ्नै देशको माया गर्दै तयार पारिएको यस गीत सबैको मनमा बस्ने प्रकृतिको छ।

नेपाली बाल गायक आयुस केसी विभिन्न चरण पार गर्दै टप ९ सम्म पुगिसकेका छन्। लाखौ प्रतिस्पर्धीलाई पछि पार्दै सरेगामापा लिटल च्याम्पमा बिजेता बन्ने क्रममा नै छन्। निकै राम्रो गाउने सुमधुर स्वरका धनि आयुषको यो गीत मिठो बनेको छ। हरेक पटक शो मा आफ्नो प्रस्तुति दिदा सारेगामापा का जज र जुरीहरुले भरपुर तारिफ गर्ने गरेका छन्।
https://youtu.be/mgyji9nWmaQ

Leave a Reply

Your email address will not be published.