Categories
ताजा समाचार

भारतीय लुटेरा समात्न प्रहरीले चलायो गोली

काठमाडौं । भारतीय लुटेरा समात्न प्रहरीले इन्काउन्टर गरेको छ । जनकपुरबाट प्रहरीले आधा दर्जन भन्दा बढी भारतिय डाँका पक्राउ गरेको हो ।गए राती जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बाट प्रहरीले गोली हानेर डाकालाई पक्राउ गरेको हो । पक्राउ परेका डाँकाहरु भारत बिहार प्रान्त स्थित समस्तीपुर हुन् ।

जनकपुरधाम ८ स्थित विहारकुन्डमा डाँका हाल्ने उदेश्यले आएका उनीहरु मध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।घाइते डाँकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । ८ जनाको समूहमा रहेका सबैलाई प्रहरीले पक्राउ गरेको छ । डीआइजी पालको टोलीले ७ जनालाई घटनास्थल र

एकजनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट पक्राउ गरेको हो । अभियुक्त डाका भनिएकाहरुका साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली पनि भएको प्रहरीले जनाएको छ ।

भारतीय लुटेरालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले डाँका गर्न आएको एक समूहमाथि गोली प्रहार गरेको हो ।

जनकपुर उपमहानगरपालिका विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ नेपाल आएको भारतीय लुटेरा समूहमाथि प्रहरीले गोली प्रहार गरेको जनाएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय टोलीले भारत समस्तीपुरबाट डकैती गर्न आएको ७ जनाको समूहमाथि गोली चलाएको हो ।प्रहरीका अनुसार एकजना डाँकाको खुट्टामा गोली लागेको छ । यस घटनामा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published.