Categories
मनोरंजन

‘कबड्डी’बाट आउट प्रदीप ?

प्रदीप खड्का कहिल्यै बक्स अफिसमा ग्यारेन्टी थिएनन् । तर, लहडमा फिल्म बनाउने निर्माताका कारण उनको भाउ हावा भरेको बेलुनझैँ भुक्क फुलेको थियो ।

तर, ‘रोज’ र ‘लभ स्टेसन’ प्याट्ट फुटेपछि प्रदीपप्रतिको भ्रम तोडिएकोमा शंका छैन ।यसको असर तत्कालै देखिएको छ । उनले गर्ने भनेको फिल्म ‘कबड्डी ३’मा उनी हटेको चर्चा छ ।

प्रदीपले ‘लभ स्टेसन’ पछि ‘कबड्डी ३’लाई समय दिएका थिए । निर्माण टिम र उनीबीच अनौपचारिक सम्झौता पनि भइसकेको थियो । तर, फ्लोरमा जाने समयमा कचपच सुरु भएको छ ।

केही समाचारमा प्रदीपले फिल्म नगर्ने कुरा आएको छ भने केहीमा प्रदीपलाई हटाइएको कुरा आएको छ । केहीमा भने प्रदीपले ‘प्रेमगीत ३’ र ‘कबड्डी ३’ को सुटिङ एकै समयमा परेकाले छाड्न लागेको बताएका छन् । सत्य के हो केही दिनमै आइजाला ।

तर, यो प्रकरणले फिल्मकर्मीको केटाकेटी पारा प्रमाणित हुन्छ । हतारमा समाचार निकाल्दाको परिणाम हो यो । सबै कुरा टुंगो नभई समाचारमा आउन किन लोभ गर्नु ?

Leave a Reply

Your email address will not be published.