Categories
ताजा समाचार

लण्डनवाट फर्केकी श्रीमतीले गरिन् सम्बन्ध बिच्छेद प्रहरी कार्यालयमा आमा र बुवाले ५ वर्षकी छोरी खोसाखोस गर्दा देखियो कारुणीक दृष्य (भिडियो)

चितवनमा भएको एउटा घ टना सेलाउन नपाउँदै ललितपुरमा फेरी झण्डै त्यस्तै प्रकृतिको अर्को घट ना सार्वजनिक भएको छ । ९ वर्ष अघि विवाह गरेकी एक महिलाले आफ्नो पाँच वर्षको छोरी लिएर श्रीमानसंग सम्बन्ध विच्छेद गरेकी छन् । लामो समय युके बसेर आएकी बुहारीले छोरी समेत लिएर गएपछि सासु ससुरा पनि रुँ दै मिडियामा आएका छन् ।

मन नमिलेर आमाबुवा छुट्टीए तर त्यो ५ वर्षको छोरीको बिचल्ली भएको छ । छोरीका लागि श्रीमान र श्रीमतीका परिवार एक आपसमा कानुनी लडाई लडिरहेका छन् । बुवाले छोरी आफुले राख्न पाउनुपर्ने माग राखेका छन् भने आमाले छोरी आफुसंग लिएर गएकी छन् ।

बेलायतमा लामो समय बसेर नेपाल फर्केकी महिलाले परिवारले आफुलाई या तना दिएको भनेर छोरी समेत लिएर माइत गएपछि यो समस्या उत्पन्न भएको हो । उनका घर परिवारका सदस्य भने नातिनी हामीले पाउनुपर्छ भन्ने मागमा छन् । अहिले अदालतले पनि छोरी आमालाई नै राख्न आदेश दिएपछि छोरीलाई आमाले लिएर गएकी हुन् । नातिनी बुहारीले लिएर गएपछि उनका सासु ससुरा र पूर्व पति छोरी लिन महिलाको घरमा पुगेका थिए ।

प्रहरीको रोहवरमै त्यो बालिकालाई दुई परिवारले तानातान गरेको भिडियो सार्वजनिक भएके छ । आमा र बुवाको सम्बन्ध विच्छेदको चेपुवामा परेकी बालिकाको रोदनले सबैको मन रुवाउँछ । उनी प्रहरी कार्यालयमा आमा र बुवाले तानातान गर्दा डाँको छोडेर रोएको देखिन्छ । अदालतले दिएको अधिकार प्रयोग गरेर छोरी लिएर गएकी महिलाले कुनै हालतमा पनि पूर्व पतिको परिवारलाई छोरी नदिने बताइन् । तर छोरी आफुहरुले लैजान पाउनुपर्ने भन्दै पूर्व श्रीमानका परिवारले खोस्न खोजेपछि तनाव उत्पन्न भएको थियो ।

पूर्व पतिका परिवारले छोरीको चाहना बिपरित आमाले जबरजस्ती लिएको गएको आरोप लगाउँदै आफुहरुले लैजान पाउनुपर्ने माग राखेका थिए । तर अदालतले दिएको अधिकार प्रयोग गरेर आमाले छोरी लिएर गएपछि पूर्वपतिको परिवारले नातिनी अ प ह र ण गरेको आ रोप लगाएका छन् । यस्तो आ रोप पछि उनी सबै प्रमाण सहित मिडियामा आएकी छन् । ९ वर्ष अघि भक्तपुरका हरिकृष्ण सुवेदीसंग विवाह गरेकी महिलाका माइती र सुवेदी परिवारबीच अहिले ५ वर्षकी बालिकाको लागि कानुनी ल डाई चलिरहेको हो । महिलाका दाजु सजक कार्कीले घ टना विवरण बताउँदै भने ।

बहिनी स्नाकोत्तर पास गरेको र ज्वाई भने नपढेको बताएका छन् । पहिला नेपाली सेनामा काम गर्ने हरिकृष्ण आफ्नो बहिनी माग्न आएपछि विवाह गरिदिएको बताए । त्यती बेला पनि महिला युकेमै थिइन् । विवाह गरेर उनले हरिकृष्णलाई पनि युकेमै बोलाइन् । त्यती बेला सजन दुवईमा रहेको बताएका छन् । युके गएपछि हरिकृष्णले आफुलाई या तना दिन थालेको बताइन् ।

महिलाले आफ्ना पुर्वपति नेपाली सेनावाट वर्खास्त भएर जागिर छुटेको आफुले पछि थाहा पाएको बताइन् । युके गएपछि हरिकृष्णले मैले तिम्रो लागि जागिर छोडेर आएको हो भनेर गलत कुरा बोलेको बताइन् । उनले दरवार मार्गमा एक दिन हिरा सतमा पनि बसेको आफुले थाहा पाएको बताइन् ।

उनले आफुसंग विवाह गरेपछि पनि र क्सि खान नछोडेको र आफुलाई या तना दिएको बताइन् । उनले एक वर्ष अघि सम्बन्ध विच्छेद गरेको बताइन् । आफ्नो विवाह हुँदा पूर्व पतिको परिवारमा आर्थिक समस्या भएको र आफुले घर परिवारका लागि ८० लाख रुपैया लगानी गरेको महिलाले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published.