Categories
ताजा समाचार

काठमाडौंको असनमा आगलागी, नियन्त्रणको प्रयास हुँदै

काठमाडौं – काठमाडौंको असनको एक घरमा आगो लागेको छ । काठमाडौं असन इन्द्रचोकस्थित एक घरमा लागेका आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागी नियन्त्रण गर्न दमकल लगायत प्रहरी र स्थानीय जुटेका छन् । आगलागी के कारणले भएको हो भन्ने बारे जानकारी आएको छैन । आगलागी बारे थप विवरण आउन बाकीं रहेको छ ।

अन्य समाचार

‘दुई दिनमै प्रदेश नं ३ को नाम र राजधानी टुङ्गो लाग्नेछ’ – मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु कम्युनिष्ट कार्यकर्ताको कर्तव्य भएको बताउनुभएको छ ।नेकपा प्रदेश ३ को संसदीयदलको आज भएको बैठकमा मुख्यमन्त्री पौडेलले नेकपा नेतृत्वले निक्कै नै सुझबुझका साथ गरेको निर्णयलाई प्रदेशका सदस्यहरुले एकमनाका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “हामीसँग असहमतिहरु पनि होलान् ती सबै कुराहरुलाई एकातिर राखेर एउटा असल कम्युनिष्ट कार्यकर्ताको भूमिका के हुने, नेतृत्वको निर्णयलाई कसरी लिने भन्ने कुरा मैले भनिरहनुपर्ने कुरा होइन”, उहाँले भन्नुभयो ।

प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकअघि नै प्रदेशको राजधानी र नामाङ्कनको विषयमा नेकपा प्रदेश ३ संसदीय दलले स्पष्ट निर्णय गरिसक्नुपर्ने उहाँको भनाइ थियो । दुई वर्षदेखिको विषय भएकोले यो अधिवेशनमा कुनै पनि हालतमा टुङ्ग्याएर जानुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले कम्तीमा पनि पुस २२ गतेभित्र निर्णय गरिसक्नुपर्ने धारणा राख्नुभयो । प्रदेशसभाको कार्यपरामर्श समितिले पहिलो बैठकबाटै नाम र राजधानीको विषय टुङ्गो लगाउने गरी तयारी थालिसकेको बताउँदै मुख्यमन्त्री पौडेलले सकेसम्म पुस २२ गते नै प्रदेशसभाबाट सम्पूर्ण प्रक्रिया र छलफल सकेर पास गरेर जानुपर्ने बताउनुभयो ।

संसदीय दलमै सबै विषयमा छलफल गरेर साझा धारणा बनाएर जाने हो भने प्रदेशसभामा अलमल नहुने र प्रदेशसभाको सबै तालिका मिलाएर दुई दिनमै नाम र राजधानीको विषयको टुङ्गो लाग्ने उहाँको भनाइ थियो । यही पुस २१ गते हुने प्रदेशसभाको हिउँदे अधिवेशन अघि नेकपा संसदीय दलको बैठक बसेर साझा धारणा निर्माण गर्न लागिएको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published.