काठमाडौं । दक्षिण अफ्रिका क्रिकेटका ओपनर ब्याट्सम्यान हसिम अमला नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न आउन तयार भएका छन् । ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि दक्षिण अफ्रिका क्रिकेटका पूर्व कप्तान अमला नेपाल आउँन तयार भएका छन् ।
अमला कुन टिमबाट ईपीएल खेल्ने भन्नेबारे भने अहिले तय भएको छैन् । उनलाई नेपाली ईपीएलका टोलीहरु अनुबन्धन गर्न तयार पनि रहेका छन् ।
ईपीएलको आयोजकले गत संस्करणको ईपीएल पछिका अन्य नेपाली घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएल खेल्न नपाउने नयाँ प्रावधान बनाएपछि खेलाडी आउने तयारी भएको हो । ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।