काठमाडौं – आज शुक्रवार देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भुभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको बाँकी भेगमा आंशिक बदली रहने मौसमविदले बताएका छन् । देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
शुक्रबार राति पनि पूर्वी र मध्य भूभाग लगायात पश्चिमी पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली नै रहने महाशाखाले उल्लेख गरेको छ ।
पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागका केही स्थानमा राति पनि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।