एजेन्सी – भनिन्छ नी माया गर्नको लागी उमेरले छेक्दैन । ब्राजीलमा एक अनौठो जोडीले विवाह गर्ने भएका छन् । १०६ वर्षकी महिलाले ६६ वर्षीय आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छिन् ।
यो सुन्दा अचम्म लाग्ला तर यो सत्य हो । १०६ वर्षिया व्लादेमिराले आफ्नी प्रेमीका ६६ वर्षिया अप्रसिडो डायास जेकबसंग विवाह गर्न लागेका हुन् । उनीहरुको विवाहको छिनोफानो पनि भइसकेको बताइएको छ ।
घर र रोजगारी पनि नभएका जेकबको हात प्यारालाइसिस पनि भएको छ । उनीहरुबीच भेट हुँदा पहिलोपटकमा नै माया बस्यो । उमेर ४० वर्षको फरक भएपनि उनीहरु सँगै बस्न रुचाएका छन् ।
जेकब एक्लै बस्न सक्षम नभएका कारण उनीहरु विवाह गर्न लागेको पनि बताइएको छ । उनीहरुको यसअघि दुवैजनाको विवाह र बच्चाहरु पनि भइसकेका छन् ।