Categories
मनोरंजन

‘द कर्मा’को ट्रेलर यस्ताे बन्याे

काठमाडौं। फिल्म ‘द कर्मा’को ट्रेलर आएको छ । फिल्मको ट्रेलरमा बुद्धि तामाङ, परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘द कर्मा’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको निर्माता जय राज राय, देव बिएल र निशा खतिवडा रहेका छन् । फिल्मको सह–निर्माताको रुपमा शारदा खड्का अर्याल छन् ।फिल्मको कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् भने ‘पटकथा तथा संवाद शुशील पोखरेलको रहेको छ ।

फिल्मलाई रामेश्वर कार्कीले खिचेका छन् । माघ १७ गतेदेखि प्रर्दशनमा आउने फिल्ममा करण, नीता, परमिता, बुद्धिसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतकाे अभिनय रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published.