Categories
ताजा समाचार मनोरंजन

बसन्त थापाको सालको पात टपरी पछी आयो अर्को धमाका चौतारीमा बर । (भिडियो सहित )

चर्चित गीत सालको पात टपरीका संगीतकार वसन्त थापाले फेरि अर्को लोकदोहोरी गीत चौतारीको बर बजारमा ल्याएका छन् । आफ्नै युट्युव च्यानल वसन्त थापाबाट भिडियोलाई उनले सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा शव्द नकुल ढकालको , स्वर विक्रम परियार र सुमित्रा तामाङको , संगीत वसन्त थापाको , संगीत संयोजन आशिष अविरलको , मिक्सिङ माष्टरिङ एच बि एन किस्मतको रहेको छ भने गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो ।

त्यस्तै भिडियोतर्फ निर्देशन मौसम हिमालीको , छायाँकन करन चैसिरको , सम्पादन र कलर प्रविन भट्टको, श्रृङ्गार अनिमेश र सरिताको , ग्राफिक्स उत्तम कुमार कार्कीको रहेको छ ।
चर्चित गायक रामजी खाँडले यो भिडियोमा मोडलको भुमिका निभाएका छन् भने उनलाई साथ दिएकी छिन् चर्चित नायिका तथा मोडल सम्पदा बाँनियाले । संगीतकार वसन्त थापा स्वयम यो भिडियोमा अतिथि भुमिकामा देखा परेका छन् ।

जसरी सालको पात टपरीले नेपाली संगीत क्षेत्रको धारनै परिवर्तन गरेर एउटा किर्तिमानी रेकर्ड राख्न सफल भएको थियो त्यसरी नै यो गीतले पनि भोलिका दिनमा रेकर्ड राख्ला नराख्ला ?, सबैको मनमा बस्न सफल होला नहोला ? त्यो भने हेर्न बाँकी नै छ तर संगीतकार वसन्त थापा र संगीत संयोजक आशिष अविरलको हिट जोडिले फेरि अर्को उत्कृष्ट सृजना श्रोता दर्शकमाझ पस्केका छन् यसमा शंका गर्ने ठाँउ भने छैन ।

चर्चित गीत म भन्दा निको भाग २ धेरै माया गर्ने मान्छे सार्वजनिक भएको छ । मेलिना राईको सुमधुर स्वरमा सजिएको प्रस्तुत गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । म भन्दा नि भाग १ लाई अत्याधिक श्रोता दर्शकले मन पराउनुभएको र युट्युवमा मात्रै झन्डै १ करोड हाराहारीमा दर्शकहरुले हेरिसकेकाले श्रोता दर्शकहरुकै चाहनामा भाग २ ल्याइएको हो ।

गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो भने मिक्सिङ चन्द्र चौधरीले गर्नु भएको हो । विष्णु खड्काको छाँयाकन रहेको भिडियोलाई एक्का कम्पनीको युट्युव च्यानलबाट अप्लोड गरिएको छ । पहिलाको गीत जसरी नै यो गीतलाई श्रोता दर्शकले मन पराउने कुरामा गीतको निर्माण टिम आशावादी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published.