Categories
अन्तरास्ट्रिय

बक्स अफिसमा ‘गुड न्यूज’को कमाइ उत्साहजनक, तेस्रो दिनसम्म कमाइसक्यो यत्ति धेरै

मुम्बई। अक्षय कुमार र करीना कपूर खानको फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । सलमान खानको दबंग ३ लाई पछि पार्दै ‘गुड न्यूज’ले धमाकेदार ब्यापार गरेको हो । फिल्मको कमेडी पक्षले दर्शकलाई आकर्षण गरेको छ ।

पहिलो दिन नै बम्पर ओपनिङ गरेको यो फिल्मको व्यापार शनिवार र आइतवार पनि उस्तै रह्यो । ३ दिनमा फिल्मले ६५ करोड भारु कमाइ गरेको छ ।भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले आइतवार २५ करोड भारु कमाइ गरेको थियो ।

फिल्मले पहिलो दिन १७ करोड ५६ लाख र दोस्रो दिन २१ करोड ७८ लाख कमाइ गरेको छ । समीक्षकले पनि यो फिल्मलाई उत्तिकै रुचाएका छन् । फिल्ममा अक्षय र करीनासँगै कियारा आडवाणी र दिलजीत दोसाँझको अभिनय रहेको छ ।

अन्य समाचार

‘सूर्यवंशी’मा अक्षय पुलिस, कट्रिना डाक्टर, देखिने छ शानदार केमेष्ट्री

फिल्म ‘सूर्यवंशी’मा अक्षय कुमार र कैटरिना कैफको शानदार केमिस्ट्री देखिने भएको छ । रोहित सेट्टीको आगामी प्रोजेक्टमा अक्षय कुमार पुलिस अफिसरको भूमिका निर्वाह गर्दैछन् भने कैटरिना डाक्टरको भूमिकामा देखिनेछिन् ।

हाल अक्षय कुमार अभिनित फिल्म गुड न्युज प्रदर्शनमा छ । फिल्मको कमेडी पक्षलाई अत्यन्तै मन पराइएको छ । फिल्मले सलमान खानको दबंग-३ लाई पछि पारेको छ । फिल्ममा अक्षयसँग करिनाले जोडी बाधेकी छन् ।

Leave a Reply

Your email address will not be published.