Categories
ताजा समाचार

छोराछोरी काठमाण्डौमा गाउँमा बाबु आमाको ह’त्या गर्ने यी हुन् अप’राधी

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको ह: त्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–७ बस्ने २३ वर्षीय सुमन राई र चौदण्डीगढी नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–२५ भैँसेपाटी बस्ने २० वर्षीय किरणकुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताउनुभयो ।

वडा नं ८ तल्लो हटियाका ५४ वर्षका श्यामकृष्ण श्रेष्ठ र निजकी श्रीमती ५१ वर्षकी रुकुमाया श्रेष्ठको गत कात्तिक १८ गते राति घरभित्र नै ह: त्या गरी ती अभियुक्त फरार रहेका थिए । प्रहरी प्रमुख पौडेलका अनुसार ती अभियुक्त पहिला सोही ठाउँमा श्रेष्ठ दम्पतीको घर बनाउने कामदार रहेको र पुरानो पैसा छ भन्ने थाहा पाएपछि काठमाडौँबाट पैसा लुट्नकै लागि योजना बनाएर सो ठाउँमा गएको अनुसन्धानबाट खुलेको छ ।

उहाँका अनुसार घटनापश्चात् केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत नेतृत्वको सात जना र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरी नेतृत्वको पाँच जनाको समूहले संयुक्तरूपमा गरेको अनुसन्धानका क्रममा घटना भएको एक महिना २८ दिनमा दुवै जनालाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरिएको हो । अनुसन्धानको क्रममा ती दुई जनाले १८ गते राति काठमाडौँबाट योजना बनाई आएर श्रेष्ठ दम्पतीको घरमा राति ९ बजे झ्यालबाट प्रवेश गरी र क्सि पिएर गर्नुका साथै चाउचाउ खाएर त्यही घरमा सुतेको र राति ह: त्या गरेर पुरानो पैसा लु टेर फरार भएको पत्ता लागेको थियो ।

अभियुक्तको साथबाट लु टेर लगेको पुरानो पैसासहित अन्य सामग्रीसमेत बरामद गरिएको जनाइएको छ । अभियुक्तलाई बुधबार नै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइरहेको प्रहरी प्रमुख पौडेलले बताउनुभयो ।

यसरी भयो घटना (नेपाल समाचार पत्रबाट)

भुकम्प पछि पुनर्निर्माणका लागि गाउँ आएका मजदुरहरुले जिल्लाका हरेक क्षेत्रमा कुनै न कुनै घटना घटाएर भाग्ने गरेका छन् । दाप्चा क्षेत्रमा काम गरिरहेका उदयपुरका समुन राई र किरणकुमार मगर पनि त्यहि मजदुरी गरिरहेका थिए । तीन महिनासम्म ह: त्या गरिएको दम्पती श्यामकृष्ण श्रेष्ठ र रुकुमाया श्रेष्ठको घर निर्माण गरिरहेका थिए । उनिहरुलाई घरको बारेमा पुर्ण विवरण थियो ।

झ्यालमा छेस्किन लगाउने वा खोल्ने बारेमा पनि ज्ञान थियो । उक्त घरमा पुराना पैसा भएको सूचना थियो । तर कति संख्यामा छ थाहा थिएन । घर निर्माण सकिए लगत्तै उनिहरु राजधानी गए । दशैको बीचमा पुनः सुमन र किरण दाप्चा पुगे । घरमा पसल पनि भएकाले उनिहरुले रुकुमाया श्रेष्ठसँग केहि रकम मागे । घर निर्माण गरेको रकम ठेकेदारले सबै लगिसकेकाले दिन बाँकी थिएन । उनिहरुले आफुहरु घर जान समेत खर्च नभएकाले केहि रकम दिन अनुरोध गरेका थिए । तर रुकुमायाले दिनु भएको थिएन ।

कार्तिक १८ गते राति सुमन र किरण काठमाडौबाट बनेपा आए । बनेपाबाट भकुण्डेको बस चढे । भकुण्डेबाट हिडेर दाप्चा तल्लो हटिया पुगे । उनिहरु श्यामकृष्णको घरमा पुग्दा रात परिसकेको थियो । रातको ९ बजे श्यामकृष्णको घरको झ्यालबाट लाईट देखाएर पसल लु ट्ने योजना बनाए । केहि घण्टा अघि पसल बन्द गरी माथिल्लो तल्लामा पुगेका श्रेष्ठ दम्पती पसल भित्र मान्छे पस्न लागेको चाल पाएर तल झरे । उनिहरुले हामी टाढाबाट आएको, पहिला पनि यहि घर बनाएको चिनजान पनि भएकाले त्यो रात त्यहि बस्न दिन अनुरोध गरे ।

बास मागेर घर भित्र पसेसँगै उनिहरुले चाउचाउ र लोकल र क्सि पीए । उनिहरु त्यहि सुतेपछि श्यामकृष्ण माथी गए तर निदाएनन् । मध्यरातमा उनिहरुले श्रेष्ठ दम्पती निदाएको ठानी पसलको धनमाल चोर्न थालेपछि श्यामकृष्ण तल आए । तल आए लगत्तै सुमन र किरणले उनलाई घाँ टी समाएर अठ्याउन खोजे । श्यामकृष्णले पनि एकजनालाई घाँ टी समाए । लगत्तै अर्काेले नजिकै रहेको खु..घाँ टी छ प्काए । माथीबाट श्रीमती रुकुमाया तल आउँदा वि भत्स दृश्य देखिन् । कराउन लाग्दै थिईन उनलाई ह: त्या गरे ।

उनले कानमा लगाएको मुन्द्रा लु टे । पसलमा भएको केहि नगद लु टे । लगत्तै उनिहरु दुबै जना माथिल्लो तल्ला पुगेर सन्दुकमा राखेको केहि थान पैसा लु टे । तन्ना निकालेर र गत लागेको कपडा पोको पारे । झ्यालबाटै निस्किएर भागे । त्यहाँबाट निस्किएर उनिहरु प्रेमलाल श्रेष्ठको खाली घरको भुई तल्लामा आगो बालेर रात विताए । त्यहाँ उनिहरुले लु टेर ल्याएको सामानहरु हेर्दा पुराना पैसा फेला पारेनन् । १ सय १२ थानमा २ थान मात्रै पुराना पैसा फेला पारेपछि उक्त पोको त्यहि घरमा लुकाएर राखे । र गत लागेको कपडा सहितको तन्नाको पोको त्यहि घर नजिकै जंगलमा फ्याँके । उनिहरुले बोकेर आएको ब्याग पनि अन्यत्र फाले । र गाउँगाउँ निस्किए ।

राति ८ बजेसम्म स्थानीयसँग कुरा गरी सुतेको श्रेष्ठ दम्पती विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । दम्पतीको घरमा गाँ जाको थुप्रो र घरेलु उत्पादनबाट तयार गरिएको र क्सि समेत प्रहरीले बरामद गरेको थियो । हरेक दिन खाने ब्यक्तिहरु दम्पतीको पसलमा पुग्ने गरेका थिए । घटनाको स्थलगत मुचुल्काका आधारमा प्रहरीले तयार गरेको प्रतिवेदनमा गाँ जा,सेवन पछि दम्पतीको ह: त्या भएको हुन सक्ने आंशका गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका तत्कालिन प्रहरी प्रमुख एसपी जयराज सापकोटाको टोलीघटनास्थल पुगी प्रहरी केन्द्रिय कार्यालयबाट तालिमप्राप्त कुकुर समेत मगाएर अनुसन्धान गरेको थियो । १ महिना २७ दिनसम्म घटनामा संलग्नको पहिचान हुन सकेको थिएन । तर प्रहरीले केहिलाई आंशकाका भरमा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

घटना भएकै दिन स्थानीयले सुमनलाई फोन गरेका थिए । सुमनले आत्तिएर काम भए दाप्चा आउने नत्र किन आउनु भन्दै फोन राखेका थिए । त्यहि फोनका आधारमा प्रहरीले गरेको अनुसन्धानले ह: त्यामा संलग्न अभियुक्तसम्म प्रहरी पुग्न सकेको श्रोतले बतायो । अनुसन्धानकै क्रममा एसपी जयराज सापकोटाको सरुवा भए सँगै अनुसन्धान प्रभावित भएको थियो ।

एसपी रविकुमार पौड्याल जिल्ला आए लगत्तै उक्त घटनाका बारेमा भएको अनुसन्धान निश्कर्षमा पुगेको हो । प्रहरीले बुधबार नै पक्राउ परेका सुमन र किरणलाई कर्तब्य ज्या न तथा डाँ का चो रीमा मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद लिएको छ । उनिहरु ह: त्या पछि काठमाडौमा मजदुरी गर्दै आएका थिए ।

श्रेष्ठ दम्पतीका एक छोरा र एक छोरी छन् । श्रेष्ठ दम्पती मात्रै गाउँमा बस्दै आएका थिए । छोरा र बुहारी तिहारका लागि घरमा आएको केहि दिन अघि मात्रै काठमाडौ फर्किएका थिए । उक्त क्षेत्रमा नीजि आवास, विद्यालयको पुर्ननिर्माण र सडक निर्माण कार्य भईरहेको छ । उक्त कार्यका लागि ठेकेदारहरुले विभिन्न क्षेत्रबाट काम गर्ने कामदारहरु ल्याएका छन् ।

‘घटनास्थलमा श्रेष्ठ दम्पतीको निर्ममतापुर्वक ह: त्या गरिएको भेटिएको थियो । घटनास्थल वरपर सु र्तिको धु लो, वि एरका सि सीका फु टको टु क्राहरु लगायतका सामाग्री फेला परेका थिए । घटना पश्चात सिरकले छोपेर उनीहरु फरार भएका थिए । पिएर राखिएका दुईवटा गिलास र अन्य सामानहरु पनि प्रहरीले बरामद गरेको थियो । श्रीमती रुकुमाया स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट महिला वडा सदस्यमा उठेर पराजित भएकी थिईन् ।

Leave a Reply

Your email address will not be published.