नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ।
हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ।
यो मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १८ रुपैयाँ ६७ पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १८ रुपैयाँ २७ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
यो पनि हेर्नुहोस नेपालगन्ज उद्योग वाणिज्य संघमा सुरु भयो चुनावको रौनक, चुन्नाको नेतृत्वमा उम्मेदवार घोषणा
नेपालगन्ज, १६, पुष । उद्योगी, व्यवसायीको छाता संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मी सुरु भएको छ । महासंघको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । निर्वाचनका लागि समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा बुधवार उम्मेदवाहरु घोषणा गरेको छ ।
उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवारको घोषणा गरेका छन् । सदस्यमा टंक धामी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट, अव्दुल वाहिद अन्सारी रहेका छन् ।
त्यस्तै बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ छन् ।
उम्मेदवारी घोषणा पछि बोल्दै अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा आफु लागेको र अन्य साथीहरू पनि लाग्दै आएका उद्योगी, व्यवसायीहरुलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताए । उनले आफ्नो प्यानललाई सहयोग गर्न आग्रह गरेका छन् ।
‘मलाई यहाँहरुले यसपटक संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ भन्ने बिश्वास छ । मसंगै मेरा सम्पूर्ण उम्मेदवार साथीहरुलाई बराबर नजरले हेरिदिनु हुन अपील गर्छु ।’– अध्यक्ष पदका उम्मेदवार चुन्नाले भने ।
उनले नेतृत्वमा पुर्याए निजीक्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदान गर्ने बताउँदै उद्योगी, व्यवसायीहरुको अहित हुने बिषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् । उनले भने–‘यहाँको दुःख, सुःखको सारथी बन्नका लागि म मेरो व्यापार, व्यवसाय र घरका कामकाज छोड्न तयार छु । २४ सै घण्टा यहाँहरुको सेवामा हाजिर हुन्छु ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष नन्दलाल बैश्य, नेपालञ्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव अशोक कर्माचार्य, समावेशी प्यानलका संयोजक ईश्वर पोखरेल, अग्रज व्यवसायी कृष्णगोपाल बैश्य, भाष्कर काफ्ले व्यवसायीक हितमा निरन्तर खट्न सक्ने सामर्थ्य राख्ने उम्मेदवारहरु उठाएको बताउँदै सहयोग गर्न आग्रह गरेका थिए ।
प्रदेश सांसद एवं नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष याकुव अन्सारीले समेत घोषणा सभामा सहभागि हुँदै आफ्नो मन्तव्य व्यक्त गरेका थिए । सचिवालय व्यवस्थापन समितिका बसन्त लामिछानेका अनुसार, उम्मेदवारी घोषणासंगै औपचारिकरुपमा समावेशी प्यानलका उम्मेदवार निर्वाचनमा होमिएका छन् ।