Categories
ताजा समाचार

काठमाडौंमा घर भाडामा बस्ने हरुका लागि सरकारले ल्यायो यस्तो कडा नयाँ नियम, गृहमन्त्रालयले प्रहरीलाई दियो यस्तो निर्देशन

काठमाडौं, १६ पुष । गृह मन्त्रालयले काठमाडौं उपत्यकालगायत देशभर आप राधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै घरभाडामा बस्ने सबैको परिचय पत्र लिएर मात्र घर भाडा दिनु पर्ने बताएको छ ।

काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयले दिने परिचय नजिकको प्रहरी कार्यालयमा समेत जानकारी दिन गृहले सर्वसाधारणलाई अनुरोध गरेको छ।

मंगलबार गृह मन्त्री रामबहादुर थापा तथा सचिव प्रेमकुमार राईसमेतको बैठकले घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आप राधिक गतिविधि गरिरहेको निष्कर्ष निकाल्दै गृहले आप राधिक गतिविधि रोक्न प्रहरीलाई समेत आवश्यक कदम चाल्न निर्देशन दिएको हो ।

विभिन्न व्यक्ति तथा समूहद्वारा आप राधिक गतिविधिहरू गर्ने, चो री, ड कैती, लु ट पाट, बैंकिङ कसुरजस्ता आर्थिक अप राध, साइबर अप राध, यौ न जन्य क्रियाकलाप तथा वि स्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी वि ध्वं,सात्मक एवम् अरा जक गतिविधि गर्ने गरेको पाइएको गृहले जनाएको छ।

यस प्रकारको क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा ग म्भीर असर पार्ने भएकाले ‘घरभाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण जानकारी एवम् छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरूको नियमित एवम् अद्यावधिक अभिलेख राख्नेर निर्णय भएको छ,’ गृह स्रोतले भन्यो। चिनियाँ नागरिक पक्रा उपछि विकसित शान्ति सुरक्षाको समीक्षा गर्दै गृहले यस्तो निर्णय लिएको स्रोतले बतायो।

Leave a Reply

Your email address will not be published.