Categories
ताजा समाचार

एनसेलले बुझायो ४ अर्ब ५० करोड रुपैयाँ

एनसेलले सरकारलाई बुझाउनु पर्ने पूँजीगत लाभकर मध्ये ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । सरकारले एनसेलमाथि निर्धारण गरेको २२ अर्ब ६० करोड रुपैयाँमध्ये मंगलबार उक्त रकम ठूला करदाता कार्यालयमा दाखिला गरेको हो ।

यो रकमसँगै एनसेलले बाँकी रकम तिर्न किस्ताबन्दीको सुविधा समेत माग गरेको छ । एनसेलले आयकर ऐनको दफा १ सय १० अनुसार किस्ताबन्दीको सुविधा समेत माग गरेको हो ।

सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले मंसिर महिनामा एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गर्दै १५ दिनभित्र उक्त रकम तिर्न पत्र काटेको थियो । मंगलबार कर तिरेपछि एनसेलले अब सरकारलाई १८ अर्ब १० करोड रुपैयाँ तिर्न बाँकी छ ।

भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो ह’मला

‘म जब गेटबाट छिर्दै थिए तब ममाथि ह’मला भयो,’ भारतीय राजदूत मञ्जिव सिंह पुरीले नक्शालस्थित होटल मेरियटमा भने । उनले हमलाकारीको खुलासा गर्दै गए ।

ह’मला गर्ने अरु कोही नभएर पत्रकार ऋषि धमला थिए । आफूलाई एक दर्जन संस्थाले बिदाईका लागि नक्शालको होटल मेरियटमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पुरीले भने, ‘ममाथि ऋषि धमलाले ह’मला गरेका हुन् ।’ उनले धमला कहाँ छन् ? भनेर माइकबाटै बोले । तर, धमला कार्यक्रममा बीचैमा उठेर हिंडिसकेका थिए ।

‘धमला ह’मला गरेर गइहाल्छन्,’ पुरीले भने । पुरीले धमलाको भनाई उदृत गर्दै भने, ‘एम्बेसेडर आज कमाल भयो, गोरखापत्रले समेत तपाईंको बारेमा राम्रो लेख्यो ।’ पुरीले ठट्टा गर्दै भने, ‘मामला त ठिक छ ?’

राजदूत भई झण्डै तीन वर्ष नेपाल बसेपछि कार्यकाल सकिएर स्वदेश फर्कनु अघि पुरीले घुमाउरो पाराले आफू विवादमुक्त भएर जानलागेकोमा खुशी व्यक्त गरेका थिए । उनलाई आयोजकहरुले पनि विवादमुक्त राजदूतका रुपमा उल्लेख गरेका थिए ।

Leave a Reply

Your email address will not be published.