Categories
ताजा समाचार

प्रत्येक बेहुलीलाई एक तोला सुन दिने सरकारको घोषणा

एजेन्सी– आजबाट अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएको छ । अब असमको भारतीय जनता पार्टीको सरकारले प्रत्येक युवतीलाई एउटा ठूलो सौगात दिने भएको छ ।

असम सरकारको अरुन्धती स्वर्ण योजनाअन्तर्गत सबै वयस्क बेहुलीले एक तोला सुन पाउने भएका हुन् । यो कुरा त्यहाँको सरकारले केही अघि नै घोषणा गरिसकेको थियो । त्यसैले यो योजना आजबाट लागु गरिने भएको छ । तर, यसका लागि बेहुलीका केही सर्त भने आवश्यक छन् ।

यो योजनाबाट फाइदा लिन चाहनेहरुको विवाहमा बेहुलीको उमेर कम्तिमा पनि १८ वर्ष र बेहुलाको उमेर कम्तिमा पनि २१ वर्षको हुनु पर्नेछ । बेहुलीले १० कक्षासम्म पढिसकेको हुनुपर्नेछ । बेहुलीको परिवारको आम्दानी वर्षमा पाँच लाख भारतीय रुपैयाँभन्दा कमको हुनु पर्नेछ । र, यो बेहुलीको पहिलो विवाह हुनु पर्नेछ ।

यो सामाग्री सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.