Categories
रोचक

यस्तो अनौठो प्रा’कृतिक शिवलिंग, जसको हरेक बर्ष उचाई बढ्छ ! दर्शन गर्दा पुरा हुनेछ मनोकामना

बिश्वका धेरै देशमा हिन्दु धर्म मान्ने मानिसहरु छन् । ठाउँ ठाउँमा मानिसहरुलाई पु’जापाठ गर्न मन्दिर पनि ब’नाइएको छ । हिन्दुले मान्ने भगवान मध्ये एक हो शिब भगवान । हिन्दु ध’र्मग्रन्थमा पनि शिवको म’हिमा अ’परम्पार रहेको उल्लेख गरिएको छ ।

हिन्दु ध’र्मग्रन्थमा १२ ज्यो’र्तिलिंगको निकै महत्व राखिन्छ । यीनीहरु भन्दा अ’द्भुत र’हस्मयी शि’वलिगं पनि छ । जुन शि’वलिगं हरेक वर्ष ब’ढ्दै जाने गर्छ । भारतमा यस्तो शि’वलिंग छ जुन हरेक बर्ष ब’ढ्दै जान्छ ।

भारतको छ’त्तिसगढको जंगलमा रहेको उक्त प्रा’कृतिक शि’वलिंग हरेक बर्ष एक इन्चबाट पौने इन्च सम्म ब’ढ्दै जान्छ । यो कुरा शि’वलिगंको रे’खदेख म’हासमितिले जनाएको छ ।

शि’वलिगंको रे’खदेख म’हासमितिले हरेक बर्ष शि’वलिगं ना’प्ने गर्छन् । यस शि’वलिगंलाई ‘भु’तेश्वर महादेव नाम राखिएको छ । यस शि’वलिगंमा साउन महिनामा धेरै भी’ड लाग्ने गर्छ

प्रधानमन्त्री ज्यू ! हाम्रा छोराछोरीले आ’त्मह’त्या गरे कसलाई प’क्राउ गर्ने ?

‘हाम्रो देशै यस्तै हो भनेर राज्यले संरक्षण गरेको अपराध चुपचाप सहने कि सरकारलाई अपराधी भनेर धारे हात लगाउँदै सराप्ने ?’ आफ्ना छोराछोरीलाई डाक्टर बनाउन चाहने धेरै अभिभावकको प्रश्न अहिले यहि छ । अटेर गरेर अवैध शुल्क फिर्ता नगर्ने मेडिकल माफियाभन्दा सरकार कमजोर भएको हो त ? यो प्रश्न पनि सबैले गरेका छन् । ‘के यो देशलाई माफियाहरुले नै चलाइरहेका छन् त ?’

सरकारसँग सम्झौता गरेपनि चितवन मेडिकल कलेजले विद्यार्थीको शुल्क फिर्ता गरेनन् । अधिकाशं अभिभावकहरु आफ्नो सन्तानको भविष्य बर्बाद भएको भन्दै गुनासो गरेका छन् । गत मंसिर १० गते सरकार र मेडिकल कलेज सञ्चालकहरुबीच अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको थियो । एक महिना बितिसक्दा पनि चितवन मेडिकल कलेजका विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सकेको छैन ।

सहमति अनुसार कलेजले यतिञ्जेल विद्यार्थीसँग उठाएको शुल्क फिर्ता गरेका छैनन् । विद्यार्थीहरुसँग असुलेको ५६ करोडभन्दा बढी मध्ये ३४ करोड समायोजन र २२ करोड फिर्ता गर्नु पर्नेछ तर कलेजले अहिलेसम्म न एक रुपैयाँ फिर्ता गरेको छ न समायोजन नै । त्यसैले विद्यार्थीहरु आन्दोलित छन् । अबको एक सातामा कलेजले शुल्क फिर्ता नगरे विद्यार्थी र अभिभावक सागसागै सडकमा उत्रिने संघर्ष समितिका संयोजक प्रकाश चन्द बताउछन् ।

सम्झौताले अहिलेसम्म सबै विद्यार्थीलाई समेटेको छैन । मेडिकल शिक्षाको बेथितीविरुद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रिएका यो पहिलो पटक होइन । र, विद्यार्थीको आन्दोलन टुङ्ग्याउन सरकारले वार्ता र सहमति पनि पटकपटक गरिसकेको छ । अब बिद्यार्थीको माग र याचना कसले सुन्ने ? प्रधानमन्त्रीलाई सबै अभिभावक र बिद्यार्थीको प्रश्न छ ! ‘प्रधानमन्त्री ज्यू ! हाम्रा छोराछोरीले आ’त्मह’त्या गरे कसलाई प’क्राउ गर्ने ?’

Leave a Reply

Your email address will not be published.