Categories
मनोरंजन

हेर्नुहोस् लट्टे र लट्टेकी श्रीमतीसँगको रमाइलो अन्तर्वाता । (भिडियो सहित )

पछिल्लो समय मुन्द्रेको कमेडि क्लव कार्यक्रम निकै चर्चित रहँदै आएको छ  र सो कार्यक्रममा एक पात्र लट्टेलाई धेरैले मन पराएका छन् । विशेषगरि गाउँले लवजमा उनले आएका पाहुनाहरुसंग गरेका हँसिमजाक धेरैले रुचाएका छन् ।

धेरैले उनको वास्तविक नाम र वास्तविक रुप थाहा पाएका छैनन् । उनी हुन राजेन्द्र नेपाली । उनी विवाहित हुन र उनको एक सन्तान पनि रहेका छन् । उनकी श्रीमती सिमा नेपाली अनि छोरा प्रिन्स नेपालीको साथमा आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईले हालै एक अन्तर्वाता लिएका छन् ।

अन्तर्वाताको क्रममा राजेन्द्रले श्रीमतीसंगको उमेर अन्तर १३ वर्ष रहेको र आफूहरुको २–३ महिनाको प्रेमपछि भागी विवाह भएको बताएका छन् ।
भागी विवाह गर्दाको रोचक कथा उनले अन्तर्वातामा बताएका छन् ।

आफूले छोरीको चाहना राखेको तर छोरा भएको र छोरा भए पनि आफूले छोरालाई छोरी भनेर बोलाउने उनले बताए ।कलाकारीतामा श्रीमतीको धेरै सपोर्ट पाएको र उनले बनाउने सिरियल गडबडीमा कहिलेकाँही श्रीमतीलाई पनि खेलाउने गरेका छन् ।

कलाकारीतामा केदार घिमिरे (माग्ने बुढा ) लाई आफ्नो गुरु मान्ने राजेन्द्र माग्ने बुढाकै सपोर्टमा यो ठाँउसम्म आएको बताउँछन् । बाँका थप जानकारी हामीले तलको भिडियोमा देख्न पाउँछौ ।

https://www.youtube.com/watch?v=d_Rf6J8HMVs

Leave a Reply

Your email address will not be published.