Categories
ताजा समाचार

दैवको लिला कस्तो ? विवाह भएको एक वर्ष नबित्दै श्रीमान श्रीमतीको एउटै चिता, श्रीमती थिइन् गर्भवती !

रौतहटका एक दम्पत्तीको एउटै चितामा दाहसंस्कार गरिएको छ । विवाह भएको एक वर्ष पनि नवित्दै उनीहरुको एकै चिता भएको हो । पुष १० गते विवाह बन्धनमा बाँधिएको १० महिना पुगेको भोलीपल्ट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी मनिष विक र सृजना विकले एकैसाथ ज्या न गुमाए । सडक दुर्घटनामा ज्या न गुमाएका दम्पत्तीको एकै चितामा दाहसंस्कार गरिएको हो ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वार्ड नंं ३ ओखरेडा नजिक दुर्घटना हुँदा ज्या न गुमाएका ५ मध्ये विक दम्पतिको दाहसंस्कार गरिएको हो । बिरामी श्रीमतीको उपचार गर्न हिडेका उनी श्रीमतीसंगै यो संसारवाट विदा भए ।

आफु कार्यरत माउण्ट एभरेष्ट आवासिय माविबाट शुक्रबार एकदिनको बिदा लिएर शनिबार फर्कने गरी उनी श्रीमतीलाई उपचारका लागि काठमाडौँ हिडेका थिए । तर काठमाडौँ नपुग्दै बिच बाटोमा सुमो दुर्घटनामाा उनीहरुले ज्या न गुमाउनुप¥यो । विक परिवारका अनुसार सृजना गर्भवती पनि थिइन् ।

विक र उनकी श्रीमती सृजना विकको शनिबार राति अबेर दाहसंस्कार गरिएको छ । एकैसाथ ज्यान गुमाएका ती दम्पतिलाई बागमती नदीको किनारमा एउटै चितामा दाहसंस्कार गरिएको हो । सँगै जिउनेम’र्ने कसम खाँदै विवाह बन्धनमा बाँधिएका विक दम्पतिको दाहसंस्कार पनि एउटै चितामा गरिएको आफन्तले बताए । मृ’तक मनिषको उमेर २१ र श्रीमती सृजनाको उमेर २० वर्षको मात्र थियो । युवा उमेरमा दुर्घटनामा परेर ज्या न गुमाएका यी जोडीको दाहसंस्कारमा गएका अधिकाशं स्थानियको आँखा रसाएका थिए ।

आफ्नो प्यारो शिक्षक गुमाउनुपर्दा माउण्ट एभरेष्ट आवासिय माविका शिक्षक, विद्यार्थी समेत स्तब्ध भएका छन् । निकै मिलनसार र मेहनती विक दम्पत्तीको निधनले गाउँमा शो क छाएको छ । उनी जुन विद्यालयमा पढेका थिए सोही विद्यालयको शिक्षक बन्न पुगेका थिए ।

‘आइतबार जसरी पनि विद्यालय आउँछु भनेर विदा लिएर गएका उनी संधैका लागि अस्ताएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले बताए । शिक्षक विकको शुक्रबार दिउँसो सुमो दुर्घटनामा परि निधनप्रति समवेदनामा प्रकट गर्दै चन्द्रपुर प्याव्सन नगर कमिटीद्वारा आइतबार संगठनमा आवद्व विद्यालयहरूमा विदा दिएको छ । दुर्घटनामा ज्यान गुमाएका अन्य ३ जनाको पनि आफ्नो जिल्लामा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published.