Categories
ताजा समाचार

ठमेलमा एटिएम सेवा ठप्प, स्वदेशी–विदेशी ग्राहक समस्यामा,किन बन्द छन् ठमेलका सबै एटिएम?

प्राय जसो भिड रहने ठमेल बजार शनीबार भने झनै अस्तव्यस्त रहने गरेको छ ।शनिबार विद्यालय, कलेज, अफिस विदा हुने भएकाले ठमेलमा उपत्यका वासीको बढी आवतजावत हुने गरेको हो ।

सधाझैँ हिजो शनिबार विदाको समय पारेर किनमेलका लागी ठमेल आएका मानिसहरु एउटै कुराले रुष्ट देखिए । भक्तपुर घर भई शनिबार किनमेलका लागी ठमेल आएका दिनेश बस्नेत त्यहाँ रहेको विभिन्न बैंक तथा वित्तीय संस्थाको एटिएम नचल्दा निराश देखिन्छन् ।

एनआइसी एशिया बैंकका ग्राहक उनी ठमेलमा रहेका सबैजसो वित्तय संस्थाको एटीएम पुगेर फर्किएका रहेछन् । आज विदाको दिन केही किनमेल गरौँ भनेर ठमेल आएको एटिएम नचलेर अब रित्तै घर फर्किनु पर्ने भयो, उनले भने अब पैसाँ निकाल्न कि त सुनधारा पुग्नुपर्छ कि त सोह्रखुट्टै बोरु घरै जान्छु ।

बस्नेत त एक प्रतिनिधि पात्र मात्र हुन केहि दिन अघिबाट किनमेलका लागी ठमेल आउने सबै मानिसको यही गुनासो छ ।

आज भोली बैंकमा खाता नहुने मानिस भेटिन त गाह्रै छ । अनी अधिकांश बैंक खातावालाको साथमा एटीएम हुन्छै हुन्छ । त्यसैले हातमा खर्च बोकेर हिड्ने मानिस कमै भेटिन्छन् । उता विभिन्न बैंक तथा वित्तय संस्थाले ठाँउ–ठाँउमा एटीएम सेवा विस्तार गरेको हुदाँ किनमेल गर्न बजार जाने ग्राहकलाई झनै सहज भएको छ । तर ठमेल पर्यटन विकास परिषद्ले भिजिट नेपाल २०२० को तयारी भन्दै ठमेल क्षेत्रको इन्टरनेट तथा टेलिफोन तार काटिदिएपछि त्यहाँ रहेको सबै जसो बैंक तथा वित्तय संस्थाका एटिएम ठप्प रहेका छन् ।

ठमेलबजारलाई स्वदेशी मात्र होइन विदेशी ग्राहकको पनि पकड क्षेत्रको रुपमा लिइन्छ । विभिन्न देशबाट नेपाल घुम्न आएका विदेशी पर्यटकहरु ठमेल बजारमा छ्याप्छ्यप्ती देखिन्छन । एटिएम नचल्दा नेपाली ग्राहक झै विदशी ग्राहकको अवस्था पनि उस्तै देखिन्थ्यो ।

किन बन्द छन् ठमेलका सबै एटिएम

भिजिट नेपाल २०२० को तयारी भन्दै ठमेल पर्यटन विकास परिषद्ले पुस ३ गतेबाट लापरवाहीपूर्ण तरिकाले इन्टरनेट तथा टेलिफोन तार काटिदिएपछि ठमेलमा रहेका सबैजसो एटएिम बन्द भएका हुन ।

विशेषगरी उक्त क्षेत्रमा विद्युत्का पोलबाट लगिएका वल्र्डलिंक, भायोनेट, सुविसु, टेलिकम लगायत सेवाप्रदायकका इन्टरनेटको तार काटिए तथा सगै टेलिफोत तार ४ काटिएसगैँ बैंकहरुको सम्बधित शाखाबाट एटिएमसगँको कनेक्सनमा समस्या आएको हो ।

बैंकका अनुसार ठमेलमा रहेको सम्बन्धित शाखाको मात्र एटिएम चलीरहेको र काटिएका इन्टरनेट र टेलीफोनको तार पुन जडान नभएसम्म यो समस्या रहिरहने छ ।

ठमेलमा रहेको एनआईसी एसिया, प्रभु, ग्लोेबल आईएमइ नबिल लगायतका अन्य बैंक तथा वित्तय संस्थाको एटीएम यसै कारण ठप्प छन् ।
उता ठमेल पर्यटन विकास परिषद्ले ऐन विपरित इन्टरनेट तथा टेलिफोनको तार काटेको भन्दै नेपाल विद्युत प्राधिकरणले आपत्ती जनाएको छ ।

केही दिन अघि प्राधिकरणले एक सूचना प्रकाशित गर्दै उक्त कार्य दुरसञ्चार ऐन, २०५३ विपरीत तथा दण्डनीय रहेको बताएको छ ।

नेपाल दुर सञ्चार प्राधिरकण र सरोकारवाला सेवा प्रदायक संस्थाहरुसँग समन्वयन नगरि इन्टरनेट तारहरु काट्दा सेवाग्राही तथा आम नागरिकहरु दुरुसञ्चार सेवाबाट बञ्चित हुने तथा यसमा प्रयोग हुने तार र यन्त्र उपकरण नेपाल भित्र निर्माण नहुने हुँदा सेवा सुचारु गर्दा ठुलो मात्रामा थप आर्थिक व्यवभार समेत पर्ने भएकाले यस्तो कार्य कुनै पनि दृष्टिकोणबाट उचित नभएको प्राधिकरणको भनाइ छ ।

ईन्टरनेट, टेलिफोन लगायतका सुविधा पाउनु सबै मानिसको अधिकारको विषय हो, लामो समय सम्म स्थानीय जनता दुरुसञ्चार सेवाबाट बञ्चित भइरहदाँँ सरकारवाला निकायले यस विषयमा ध्यान दिनु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published.