Categories
ताजा समाचार

आइतबार सूर्य देवलाई यस मन्त्रद्वारा अर्घ दिँदा हुन्छ फलिफाप

साताको पहिलो दिन अर्थात आइतबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ । आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ।

आजको दिनमा सूर्य अर्घ्य मन्त्र

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।
ॐ सूर्याय नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।
अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।

यो पनि पढ्नुस

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक, मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ । त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने, र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.