Categories
रोचक

किन गरिन्छ पर्वतारोहण ?

‘पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो ।’

‘पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आपूmलाई एउटा क्षुद्र्र जीव पाउँछ र … ।’

माथिको भनाइ यो लेख लेख्ने लेखकको मौलिक भनाइ नभएर स्वर्गीय डाक्टर हर्क गुरुङद्वारा लिखित, विषय विविध नामक किताबको पाना नम्बर–६१ मा ‘पर्वतारोहण’ शीर्षकमा उल्लेखित लेखबाट लिइएको हो ।

संभवतः वर्गीय डाक्टर हर्क गुरुङले भनेभैmँ नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि मानव वस्ती नरहेको अन्टार्कटिका महदेशबाहेकाका युरोप महादेश, उत्तर अमेरिका महादेश, अफ्रिका महादेश, दक्षिण अमेरिका महादेश र एसिया महादेशका विभिन्न देशका पर्वतारोहीहरू केवल हिमाल चढ्नकै लागि मात्रै नभएर हिमालमा पाइने एक किसिमको शान्ति, एकाग्रता र स्वर्गीय आनन्दको अनुभूतिका लागि पनि नेपाल आउने गर्छन् । त्यसो त ती विदेशी पर्वतारोहीहरू नेपालमा रहेका विभिन्न हिमाल चढ्न आउने क्रममा, उनीहरूले बर्सेनि लाखौं अमेरिकी डलर खर्चने गर्छन् ।

किनभने उनीहरूले नेपालका हिमाल चढेबापत कम्तीमा स–साना हिमाल (ट्रेकिङ पिक) को ३–४ सय डलरदेखि लिएर ठूलो अर्थात् विश्वकै अग्लो चोमोलुङमा अर्थात् सगरमाथा–माउन्ट एभरेस्टको ११ हजार डलरसम्म त नेपाल सरकारलाई एक जना बराबर सलामी दस्तुर अर्थात् रोयल्टी मात्रै तिर्ने गरेका छन् । त्यस्तै आफ्ना साथमा जाने कामदार तथा सहयोगीहरू जस्तै सरदार, क्लाइम्बिङ शेर्पा, कुक, किचन ब्वाई, पोस्टम्यान, भरिया आदिका लागि पनि त्यत्तिकै खर्च गर्ने गरेका छन् ।

त्यसमा पनि विश्वकै अग्लो चोमोलुङमा अर्थात् सगरमाथा–माउन्ट एभरेस्टलगायत विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये ९ वटा हिमाल नेपालमै हुनु हामी नेपालीहरूका लागि प्रकृतिले सित्तैंमा दिएको अमूल्य वरदान सावित भएको छ । स्वर्गीय डाक्टर हर्क गुरुङले विषय विविध नामक आफ्नो किताबमा उल्लेख गरेअनुसार सन् १९५९÷६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीहरूलाई एक जना बराबर ६ हजार रुपैयाँ लाग्थ्यो ।

वास्तवमा पर्वतारोहण पर्यटन नेपाली पर्यटन उद्योगका लागि सुरुदेखि नै मेरुदण्डको रुपमा रहेको छ भन्दा फरक पर्दैन । हुन पनि विश्वका अधिकांश देशले विश्वभरिका पर्यटकलाई आफ्नो देशमा पर्वतारोहण, पदयात्रा, जलयात्रालगायत लागि आकर्षित गर्ने गरेको छ भने कतिपय देशले त कृत्रिम पर्यटकीयस्थल निर्माण गरेर पनि विदेशी पर्यटकलाई आफ्नो देशमा आकर्षित गर्ने गरेका छन् ।

हाम्रो देश नेपालमा हिमरेखाभन्दा माथिका लगभग १७ सयवटा हिमाल रहेका छन् भने नेपाल सरकारले पटकपटक गरेर ४ सय वटा १४ वटा (५ हजार ५ सय ५० मिटर अग्लो छुकुङ–री देखि लिएर ८ हजार ८ सय ४८ मिटर अग्लो चोमोलुङमा अर्थात् सगरमाथा–माउन्ट एभरेस्टलगायत हिमाल पर्वतारोहणका लागि खुल्ला गरेको छ भने धेरै समयअघिदेखि सरकारले ३३ वटा स–साना हिमाललाई ‘ट्रेकिङ पिक’का रुपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, परमिट दिने र शुल्क उठाउने जिम्मेवारी समेत दिएर सुम्पेको छ ।

सरकारले पर्वतारोहीहरूका लागि खुल्ला गरेका ती ४ सय १४ हिमालमध्ये हालसम्म आरोहण गर्नका लागि कुनै पनि पर्वतारोहीहरूले चासो नलिएका धेरै हिमालमध्ये ३३ वटा नयाँ हिमाल आरोहणका लागि बजारीकरण, रेखदेख र प्रचारप्रसार गर्ने जिम्मा पनि नेपाल पर्वतारोहण संघ (एनएमए) लाई दिएको छ । यसले गर्दा एनएमएको महत्व अरु बढेर गएको छ ।

वि.सं. २०७६ को शरद ऋतुमा चोमोलुङमा अर्थात् सगरमाथा–माउन्ट एभरेस्टबाट नेपाल सरकारलाई ६३ लाख ११ हजार सलामी प्राप्त भएको छ भने यो वर्षको शरद ऋतुमा सबैभन्दा धेरै सलामी मनास्लु हिमालबाट २ करोड ७० लाख ८५ हजार प्राप्त भएको छ ।
–निनाम कुलुङ ‘मंगले’

Leave a Reply

Your email address will not be published.