Categories
मनोरंजन

वक्सअफिसमा अक्षयको ‘गुड न्यूज चम्किदां, खुम्चियो सलमानको ‘दंबग ३’

अक्षय कुमार, करिना कपुर, दिलजीत दोसांझ तथा कियारा आडवाणी स्टारर ‘गुड न्यूज’ले वक्सअफिसमा सुखद सुरुवात गरेको छ।सिनेमाले गत साता रिलिज भएको सलमान खान स्टारर ‘दंबग ३’लाई समेत प्रभावित पारेको छ।

सिनेमाले रिलिजको पहिलो दिन शुक्रबार १७.५६ करोड भारु कमाउँदै गतिलो सुरुवात गरेको छ।यसैगरी सिनेमाले रिलिजको दोश्रो दिन शनिबार २१ देखि २२ करोड भारूको कमाइ गरेको छ।

आइतबार बिदाको दिन भएकाले सिनेमाको व्यापार थप बढ्ने निश्चित छ।

यता अक्षयको सिनेमाले राम्रो सुरुवात गर्दा दोश्रो सातामा आइपुगेको सलमानको वक्सअफिस ओज कम हुँदै ३ करोड भारुमा खुम्चिएको छ। ‘दंबग ३’को यस रफ्तारले सिनेमाले छैटौं दिनमा सय करोड भारू कमाए पनि उसको व्यापार १५० करोड मुनी नै सिमित हुने पक्का भएको छ।

दर्शक तथा समीक्षकहरूबाट राम्रो तारिफ बटुलिरहेकाले ‘गुड न्यूज’ले अक्षयका यस वर्ष रिलिज भएका अन्य तीन सिनेमाझैं वक्सअफिसमा धेरै पैसा कमाउने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published.