Categories
ताजा समाचार

यिनी हुन् युवतीलाई ब:लि दिन भारत लैजाने अभियुक्त, विहारमा बाबाले मगाएका थिए ६ फिट उचाइ भएकी नेपाली युवती

काठमाडौँ । काठमाडौंमा माडलिग गर्दै आएकी एक युवतीलाई भारतमा पुर्‍याएर ब:लि दिन लागेको तयारीमा युवती र प्रहरीको चलाखीले विफल भएको छ । आफुलाई ब:लि दिन भारत लैजाँदै छन् भन्ने थाहा पाएपछि युवतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

काठमाडौंमा र्याम्पमा मोडलिगं गर्ने भन्दै फकाएर उनलाई विराटनगर हुँदै भारत पुर्याउन लागिएको थियो । सुरुमा काठमाडौंमा र्याम्पमा मोडलिगं गर्ने भनिएको ति युवतीलाई पनि स्थान परिवर्तन गरेर विराटनगर पुर्याइएको थियो भने त्यहाँ वाट पनि देवी बन्न भारत जानु पर्छ भनेर फकाइएको थियो । बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले गम्भीर घ टना हुन नदिन प्रहरी र युवतीले गरेको चलाखीबारे बताएको हो ।

बिहारको मन्दिरमा रहेका एक बाबाले एक ६ फिट उचाइकी युवतीलाई बिहारमै ब:लि दिनका लागि नेपाली व्यक्तिहरुलाई परिचालन गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । बाबाको योजना अनुसार युवतीलाई ब:लिका लागि विहार लैजाने तयारी गरिएको थियो । युवती ल्याउने व्यक्तिहरुलाई मोटो रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको प्रहरीले बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी घट नामा संलग्न मुख्य योजनाकार दिलिप पोद्दारसहित ७ जना अभि युक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरीलाई सार्वजनिक गरेको छ ।

युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिइएको पाइएको थियो । उनीहरुको प्रस्तावमा स्वीकार गरेकी युवतीलाई उनीहरुको ब्यवहारले शं:का उब्जाएको थियो । विराटनगर पुर्याएर देबी बन्न भारत जानुपर्छ भनेपछि युवतीलाई शं:का लागेर प्रहरी गुहारेकी थिइन् ।

महानगरीय प्रहरी परिसर टेकुमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरोह माथि निगरानी बढाएको थियो । त्यसलगत्तै युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा गिरो हका ७ जना सदस्यलाई पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

प्रहरी स्रोतका अनुसार भारत बिहारस्थित एक मन्दिरका बाबाले ६ फिट अग्लो उचाई भएकी युवती मगाएका थिए । उनले युवती मा सु र र क्सी खाने हुन नहुने, महिनावरी नभएको समय हुनुपर्ने र शरीरमा कुनै खत भएको वा घाउचोट नभएको हुनुपर्ने बताएका थिए । युवतीलाई माछामासु खान नहुने र देबी बन्नुपर्छ भनेपछि युवतीले शं का गरेकी थिइन् । युवती ल्याएवापत मोटो रकम दिने भनेपछि विराटनगर ८ मोरङका ५१ वर्षीय दिलिप पोद्दारले यो सबै प्रपञ्च रचेका थिए । यो घट नाको मास्टरमाइन्ड र डिजाइनर सबै पोद्दार रहेको प्रहरीको दावी छ ।

Leave a Reply

Your email address will not be published.