Categories
ताजा समाचार

रामकृष्ण ढकालको दिदी रुँदै मिडियामा, भन्छिन् ‘मलाई भाईले कहिल्यै सम्झिदैन, तिहारमा टिका नलगाएको १० वर्ष भयो’ (भिडियो हेर्नुस्)

काठमाडौं । आधुनिक गायकका रुपमा चर्चित रामकृष्ण ढकाल अहिले सामाजिक सञ्जालमा झन चर्चित भएका छन् । उनको पारिवारिक सम्बन्धको विषयलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । विशेष परिस्थितिका कारण पत्नीसंग सम्बन्ध विच्छेद गरेका ढकालको सो विषयलाई लिएर अनेक अड्कलवाजी गर्दै सामाजिक सञ्जालमा भएका टिप्पणीले ढकाल दुखी भएका छन् ।

उनले सामाजिक सञ्जालमा लामो स्टेटस लेख्दै त्यस्ता टिप्पणी नगर्न आग्रह गरेका छन् । तर आज कुरा गर्न गइरहेको विषय भने यो होइन । रामकृष्ण ढकालको एक मात्र दिदी जो बाराको सिमरामा बस्छिन् उनका तर्फवाट रामकृष्णप्रति धेरै गुनासो छ । रामकृष्णको कुरालाई लिएर दिदी सावित्रि पन्त निकै दुखी छन् । आफु एक मात्र दिदी भएपनि रामकृष्णले आफुलाई कहिल्यै फोन सम्पर्क समेत नगर्ने र माया नगर्ने भन्दै उनले गुनासो गरेकी छन् । उनी अहिले अस्वस्थ्य छन् । तर भाईले हेर्दापनि नहेर्ने, कहिल्यै फोन समेत नगर्ने गरेका कारण उनी दुखी छन् । अहिले १० वर्ष यता उनले भाई रामकृष्णलाई तिहारमा टिका पनि लगाउन पाएकी छैनन् ।

आमा वितेपछि रामकृष्णलाई टिका लगाउन नपाएकोमा पनि दुख लाग्ने बताइन् । टिभी र मिडियामा रामकृष्णको अन्तरवार्ता आउँदा आफुलाई रुन मन लाग्ने बताइन् । भाईको अन्तरवार्ता आउँदा रुन्छु, कहिल्यै फोन गर्दैन दिदी के छ ? भनेर पनि कहिल्यै सोध्दैन भन्दै उनी डाँको छोडेर रोइन् ।

अस्वस्थ्य भएको पनि लामो समय भइसक्यो । उनको शरिरको एक भाग चल्दैन, खुट्टा घिसारेर हिड्नुपर्छ । कहिले भाईले बोलाएर औषधी गरिदिएपनि हुन्थ्यो जस्तो लाग्ने बताउँदै उनले भनिन् भाईले वास्ता नगर्दा माइती नै छैनन् जस्तो लाग्छ । अरु केही नगरेपछि भाईले फोन गरेर दिदी के छ भनेर सोधे पनि मन कति हल्का हुन्थ्यो । उनको श्रीमान पनि छैनन् । उनको छोरा पनि दिमागी रुपमा स्वस्थ्य छैनन् । माइलो दाइ र काइलो भाईलाई पनि रामकृष्णको बारेमा सोध्दा उनीहरुले पनि आफुहरुको पनि सम्पर्क नभएको बताइन् । आफ्नो बुवा पनि बद्मास भएको र आमाले दुख गरेर हुर्काएको स्मरण गर्दै चार छोराछोरी हुर्काउँदा आफुले आमालाई सहयोग गरेर भाई हुर्काएको बताइन् ।

रामकृष्णले विवाह गर्नु अघि आफुलाई भाईले काठमाडौं बोलाउने र आफुलाई सहयोग पनि गर्ने गरेको बताइन् । उनले आफु भन्दा धनी परिवारमा विवाह गरेका कारण भाईले दुख पाएको उनको टिप्पणी छ । भाई रामकृष्णको घर लिलामी भएको खबर थाहा पाउँदा आफुलाई निकै दुख लागेको उनको भनाई छ । उनले आर्थिक हैसियत नमिल्ने परिवारमा विवाह गरेका कारण उनले आर्थिक संकटमा परेको उनको तर्क छ ।

https://youtu.be/Hd3acxozm6o

Leave a Reply

Your email address will not be published.