Categories
बिचार

“भारतसंग भिसा प्रावधान राखौं, सीमानामा पर्खाल लाऔं”

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा विद्यार्थी विशेष जिल्ला कमिटि सचिव तथा अनेरास्ववियू नेतृ सुनिता बरालले भारतीय गृहमन्त्री अमीत शाहले नेपाली स्वाभीमानमाथि चोट पुग्ने अभिव्यक्ति दिएकोमा आक्रोस पोख्नुभएको छ ।

बिहीबार दिल्लीमा आयोजित सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसको अवसरमा भारतीय गृहमन्त्री शाहले केही गलत तत्वहरुले नेपाल र भुटानसँगको खुला सीमाको फाइदा उठाएर भारतमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको भनाईले नेपालीहरुलाई अपमान भएको र नेपालको आन्तरिक मामिला तथा सुरक्षा सम्वेदनशीलतामा प्रहार भएको बताउँदै निरन्तर दबाबमा राख्ने भारतीय नीतिको सामाजिक सञ्जालमार्फत आलोचना गर्नुभएको छ । नेकपा युवा नेतृ बरालले भारतले गर्ने सीमा अतिक्रमण, निर्वाध भारतीय उपस्थिती, समिानामा हुने गरेको तस्करी नियन्त्रण र बलियो सिमा सम्बन्धका लागि ट्रम्पले मेक्सिकोसँग लगाउन खोजेजस्तो वा बलियो र बाक्लो पिलरसँगै चुस्त सीमा सुरक्षा तैनाथ गरिनुपर्ने र भिसाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

बरालले आफ्नो फेसबुक वालमा लेखेको स्टाटस:

“बिहीबार दिल्लीमा आयोजित सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसको अवसरमा भारतीय गृहमन्त्री अमित शाहले केही गलत तत्वहरुले नेपाल र भुटानसँगको खुला सीमाको फाइदा उठाएर भारतमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको भनाई नेपाली सिमा र सुरक्षाका लागि चुनौतीपूर्ण ढङ्गबाट होच्याउने र मानमर्दन गर्ने उद्देश्यले प्रेरित छ।

हामी हाम्रा सुरक्षा निकाय र उनीहरुले सम्पादन गर्ने कामप्रति ढुक्क छौं। सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट थप गर्ने निर्णय गरेको छ । जुन सह्रानिय छ । तर अझै यो अन्तिम समाधान भने हुन सक्दैन । हाम्रो शशस्त्र प्रहरीले सिमाक्षेत्रबाट तस्करी भई आउने सामान जफतपछि संकलित सामानको मूल्यमा प्राप्त राजश्वको तथ्याङ्क पनि कम छैन।

तर यो विषय यतिमै चित्त बुझाउने विषय होईन। भारतले गर्ने सिमा अतिक्रमण, निर्बाद भारतिय उपस्थिती, सामान तस्करी र बलियो सिमा सम्बन्धका लागि ट्रम्पले मेक्सिकोसँग लगाउन खोजेजस्तो वा बलियो र बाक्लो पिलरसँगै चुस्त सीमा सुरक्षा तैनाथ गरिनै पर्छ।
नेपाल भारतबीच योरोपेली मुलुकले जस्तो न साझा मुद्रा बनाउन सकिन्छ न भारतिय प्रवृत्तिलाई विश्वास नै गर्न सकिन्छ।

पोर्चुगिज, फ्रेन्च, रसियन, नाजी वा ईटालियन अहिले एक अर्काको पीडामा दुख्छन् तर जीवन्त ईतिहास भन्छ, ‘उनीहरु १/१ ईञ्च जमिनका लागि यूद्द लडे।’ हामी गरिबी विरुद्द समृद्दि प्राप्तिको लक्षमा हिंडिरहेको बेला भारत यस्ता बखेडा झिकेर अल्मलाउन उद्दत छ।

त्यसैले अब भारत सङ्ग सिमा सुरक्षा बढाउँदै सिमामा पर्खाल र यात्रुको लागि भिजाको प्रावधान राखिनुपर्छ ।”

Leave a Reply

Your email address will not be published.