काठमाडौँ – चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम साह ढकाल बीच सम्बन्धविच्छेद भएपछि अनेक टिका–टिप्पणी भएका छन् ।पत्नी निलम साह ढकालले दिएको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा ढकाल र सह सम्बन्धविच्छेद गर्न सहमत भएको बताइएको छ । अत्यन्तै रुचाइएको यो जोडीको सम्बन्ध बिच्छेद भएपछि यो जोडीका फ्यानहरु दुखित बनेका छन् ।गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेको बताइएको छ । सम्बन्धविच्छेदको निवेदन ढकालले कानुनी रुपमा मान्यता पाएसँगै सम्बन्धविच्छेद भएको हो।
सम्बन्धविच्छेद पछि छोरी आमासँग बस्ने पनि सहमति भएको बताइएको छ । लालीगुराँस सहकारीमा करोडौँ रुपैयाँ तिर्नुपर्ने अवस्था आएको, घर जग्गा बैँक तथा वित्तिय संस्थाले लिलाम गरेको अवस्थामा उनीहरुबिच भएको वैमस्यताका कारण उनीहरुले सहमतीमा डिर्भोसको निर्णयमा पुगेको स्रोतको भनाई छ ।
आफ्नो डिर्भोसको समाचार भाइरल बनेपछि गायक ढकालले फेसबुकमा लेखेका छन् ‘अरुले जेसुकै भनून् तर हाम्रो सम्बन्ध कहिल्यै मर्ने छैन ।’उनले पत्नीसँगको सेल्फी तस्वीर राख्दै सम्बन्ध कहिल्यै मर्ने छैन भनेर लेखिरहँदा पत्नी निलमले डिभोर्सका लागि अदालतमा पेश गरेको निवेदनको पनि सामाजिक सञ्चाजमा भाइरल बनिरहेको छ ।
निवेदनमा निलमले डिभोर्स माग्नुको केही कारणमध्ये मुख्य कारण ‘परिवारलाई समय दिन नसकेको’ उल्लेख छ । अर्को कारणमा ‘विदेश जना नमानेको’ उल्लेख छ । उक्त निवेदनमा निलमले श्रीमानलाई पटक–पटक विदेश जान र उतै बस्न समेत दवाव दिएको तर गायक ढकालले विदेश नगएर नेपालमै केही गर्ने भन्ने भनाइका कारण विवाद बढेको उल्लेख गरेकी छिन् । उनीहरुले समझदारीमा नै डिर्भोस गरेका हुन् ।