Categories
खेलकुद

चीनको ट्रेल रेसमा नेपालकी रसिला च्याम्पियन

चीनमा भएको ट्रेल रेस प्रतियोगितामा नेपालकी रसिला तामाङ च्याम्पियन बनेकी छन् । मंगलबार भएको जियाओजी माउन्टेन क्रसिङ प्रतियोगितामा रसिलाले निर्धारित ५० किलो मिटर दूरी आठ घन्टा २० मिनेट ४३ सेकेन्डमा पूरा गरेकी थिईन् ।

धादिङको धुनीबेसी नगरपालिका २ घर भएकी २० वर्षीया रसिला ट्रेल रेसकी अब्बल खेलाडी हुन् । तीन सय ५० खेलाडीको सहभागिता रहेको यस रेसमा रसिलाले दोस्रो भएकी खेलाडीलाई एक घन्टा १३ मिनेटले पछि पारिन् ।

रसिलाले यसअघि एभरेस्ट म्याराथनमा पनि पहिलो स्थान हात पारेकी थिईन् । पुरुषतर्फ नेपालका दुर्गराज बुढा दोस्रो र दामोदर बुढा तेस्रो भए । दुर्गराजले ६ घन्टा ४६ मिनेट ५५ सेकेन्ड र दामोदरले सात घन्टा आठ मिनेट २१ सेकेन्डमा रेस पूरा गरेका थिए । पुरुषतर्फ चीनका याङ लुक फेइ च्याम्पियन बने । याङले ६ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा दौड पूरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.