Categories
ताजा समाचार

विराटनगरको रानी भन्सार नाका ठप्प, वैकल्पिक व्यवस्था गरिदिन व्यवसायीको आग्रह

विराटनगर, पुस ९ । पुर्वको मुख्य नाका विराटनगरको रानीबाट हुने आयात–निर्यात ठप्प भएको छ । भारततर्फको मीरगञ्ज खोलाको पुल मर्मतसम्भारको काम थालिएपछि आयात–निर्यात ठप्प भएको हो ।

पूर्वका उद्योगी व्यवसायीले सो पुलबाट एकतर्फी आयात निर्यात मात्र भइरहेकाले तत्काल वैकल्पिक मार्गको व्यवस्था गर्न संघीय सरकारसँग माग गरेका छन् ।

उद्योगी व्यसायीले पुल मर्मत गर्ने काम लम्बिँदा एकतर्फी सवारी आवगामन भइ सवारीको लाम लागेकाले उद्योगका लागि आवश्यक कच्चा पदार्थको अभाव सृजना हुने थालेको बताएका छन् ।

उद्योगी महेश जाजुले मीरगञ्ज खोलाको पुल मर्मतको नाममा भइरहेको अघोषित नाकाबन्दीले पुर्वका उद्योगी व्यवसायी मारमा परेको बताए ।

उनले तत्काल संघीय सरकारले भारतीय पक्षसंग कुटनीतिक पहल गरी तत्काल वैकल्पिक मार्ग खुलाउन पहल गरिदिन आग्रह गरे ।

मीरगञ्ज पुल तीन वर्षअघि २०७४ सालको बाढीले क्षतिग्रस्त भएको थियो । कमजोर अवस्थामा रहेको पुलको पुनः मर्मतको काम थालिँदा आयात–निर्यात बन्द भएको हो । भारतीय पक्षले डिसेम्बर १९ बाट पुलको मर्मत सुरु गरेको हो ।

पुलको मर्मत डिसेम्बर ३० मा सम्पन्न हुने जनाइएको छ । भारत जोगबनी नजिकको मीरगञ्ज पुल मर्मत सुरु भएपछि नेपाल आउने प्रतीक्षामा रहेका गाडीको लाइन लामो रहेको छ ।

Leave a Reply

Your email address will not be published.