Categories
अन्तरास्ट्रिय

एसियाकै धनी मुकेश अम्बानीले यस वर्ष सम्पत्तिमा १८ खर्ब रुपैयाँ थपे

रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी (६२) को सम्पत्तिमा जनवरी १ देखि डिसेम्बर २३ सम्म १६.५ अर्ब डलर ( करिब १८ खर्ब रुपैयाँ) को वृद्धि भएको छ । एशियाका धनी व्यक्तिमध्ये अम्बानीको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि भएको हो । रिलायन्स इन्टष्ट्रिजको शेयमा यस वर्ष ४० प्रतिशत वृद्धि भएपछि उनलाई फाइदा भएको हो । अम्बानीसँग रिलायन्सको ४७ प्रतिशतभन्दा बढी शेयर छ ।

ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार अम्बानीको अहिलेको सम्पत्ति ६०.८ बिलियन डलर (करिब ६९ खर्ब रुपैयाँ) छ । चीनको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी अलबाबाका संस्थापक अध्यक्ष ज्याक माको सम्पत्तिमा यो वर्ष ११.३ बिलियन डलरको वृद्धि भएको छ । यससँगै उनको सम्पत्ति ४७ बिलियन डलर पुगेको छ ।

धनी परिवारको सम्पत्ति प्रत्येक घण्टा ४० लाख डलरले बढ्दैछ !

एजेन्सी । पृथ्वीका सबैभन्दा धनी परिवारले प्रत्येक मिनेट ७० हजार डलर, घण्टाको ४० लाख डलर र हरेक दिन १० करोड डलरले झन झन आफ्नो सम्पत्ति बढाइरहेका छन् ।

उनीहरुले नै विश्वमा कूल १४ खर्ब बराबर सम्पति सञ्चालन गर्ने गरेका छन् ।

यसरी विश्वका २५ सबैभन्दा धनी परिवारहरुसँग अघिल्लो वर्षको तुलनामा २५० अर्ब बढी सम्पति जम्मा भइसकेको छ ।

यहि गतिमा अघि बढ्ने हो भने उनीहरुको सम्पत्ति हामीले समाचार पढ्न सुरु गर्दागर्दै २३ हजार डलरले बढिसकेको छ ।

यसरी अहिलेको पिँढी अत्यधिक सम्पत्ति र क्रुर आर्थिक असमानताको बीचमा संघर्षरत् रहेको यसबाट पनि स्पष्ट हुन्छ । स्निकर्स, मार्स, मिल्कीवे, ट्विीग्स, एम एण्ड एमलगायत सबैभन्दा प्रख्यात चकलेट निर्माता मार्स परिवारले यसवर्ष मात्र आफ्नो ३७ अर्ब डलरको समपतिलाई १२७ अर्ब पुर्याएको छ ।

त्यस्तै साउदीको शाही परिवार पनि हाल १०० अर्ब डलर बराबरको सम्पत्तिको मालिक रहेको छ । यता भारतका अम्बानी परिवारले पनि आफ्नो सम्पति ७ अर्ब डलरबाट ५० अर्ब डलर पुर्याइसकेका छन् ।

यसरी शीर्ष २५ धनी व्यवसायी परिवारको सूचीमा सबैभन्दा अन्तिम स्थानमा टिकट्याक मिन्ट र न्युटेला ब्रान्डका मालिक फेरो परिवारले रहेका छन् भने हाल वालमार्ट विश्वकै सबेभन्दा बढी आम्दानी गर्ने रिटेलर कम्पनी बनेको छ ।

यसको विश्वव्यापी ११ हजार भन्दा धेरै स्टोर छन् र ५१४ अर्ब डलर बराबर व्यापार हुने गर्दछ । पृथ्वीमा अमेरिकाका मात्र ०.१ प्रतिशत धनीहरुले १९२९ मा विश्वको कूल सम्पति भन्दा बढी पैसा सञ्चालन गरिरहेका छन् । तर बिस्तारै एसिया र युरोप पनि यस दौडमा धेरै अगाडि आइसकेका छन् । विश्वव्यापी रुपमा २५ सबैभन्दा धनी परिवारहरुले अघिल्लो वर्षको भन्दा २४ प्रतिशत बढी सम्पत्ति कमाएका हुन् ।

यसले धनी र गरिबबीचको अन्तर असयम्भव रुपमा बढाइदिएकाप्रति अधिक चिन्ता व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published.