Categories
जिबनसैली

७० बर्षमा मास्टर्स डिग्री गरेकी आमाको कथा (भिडियो सहित)

यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समारोहमा लगाएको कालो टोपी अनि पोशक । सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो । त्यसो त सो तस्बीर थियो ललितपुर महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको ।

यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त ? हेर्नुहोस् अन्तरंग कुराकानी भिडियो मार्फत्…

अन्य समाचार- धरहराको भैतिक रुपमा ३३ र वित्तीय रुपमा २२ प्रतिशत काम सम्पन्न

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको निर्माण कार्यको अनुगमन गरी पछिल्लो प्रगतिको अवस्थाबारे जानकारी लिनुभएको छ ।

अनुगमनपछि ज्ञवालीले प्राधिकरणले पछिल्लो समय तय गरेको कार्ययोजना अनुसार नै काम भइराखेको बताए । उनले जमिनमुनिको २ वटा बेस र माथिको तीन तलाको काम सकिएको बताए । अहिले चौथो तलाको काम भइराखेको समेत उनले बताए । उनले एक महिनामा दुई तलाको काम सम्पन्न गर्नेगरी काम भइराखेको समेत बताए । उनले १५ दिनमा एक तला ढलान गर्दा तल्लो तलाको ढलानको बेस ननिकाल्ने भएकाले धरहरा निर्माणमा गुणस्तरमा कुनै कमी नहुने समेत बताए ।

अनुगमनमा रमण कन्ष्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले धरहराको भैतिक रुपमा ३३ प्रतिशत र वित्तीय रुपमा २२ प्रतिशत काम सम्पन्न भएको बताए । उनले भौतिक रुपमा काम भएपनि भुक्तानी भइनसकेकोले वित्तीय प्रगति कम देखिएको बताए । उनले धरहरा निर्माणको काम तोकिएकै समयमा सक्ने गरी काम भइराखेको जानकारी दिए ।

तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी सुरुगरिएको पुननिर्माणको कामले पछिल्लो समय तिब्रता पाएको हो । २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुननिर्माणका लागि गत वर्षको पुष महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । अहिले दैनिक १ सय ५० जनाले निर्माणको काम गरिरहेको जानकारी रमण कन्ष्ट्रक्सनले दिएको छ । ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुनेभएपनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुने छ । धरहरामा बगैंचा, संग्राहलय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थल समेत रहनेछन् ।

Leave a Reply

Your email address will not be published.