Categories
रोचक

नयाँ घर सर्न र नयाँ काम गर्न बुधबार रोज्नुहोस्

भनिन्छ सोम खेती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् । तर तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन हो ।

‘बुध‘ ग्रहको लागि समर्पित हुने बार नै बुधबार हो । बुधबारको दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुलसीको पातले गर्नु पर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

अन्य समाचार

महागढीमाई मेलाबाट १७ लाख भेटी संकलन

बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५/५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

करिब एक हप्ता लगाएर गनिएको सो रकम १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । गनिएको सो रकमको ४५ प्रतिशत सात लाख ५१ हजार पुजारी मङ्गल चौधरीलाई दिइएको छ । एघार वटा दानपेटिका बाकसमा चढेको भारतीय र नेपाली रुपैयाँ गरी १६ लाख ७० हजार ८६० गनिएको हो ।

गढीमाई मन्दिरमा चढेको सिक्का गन्न बाँकी रहेको छ । सिक्काहरुलाई बाल्टिनमा भरेर भाग लगाइने छ । गढीमाईमा चढेको सिक्का करिब एक लाखभन्दा बढी हुनसक्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले अनुमान गरेको छ ।

भेटी गन्दा सीसीटीभी क्यामराको समेत प्रयोग गर्नुपरेको थियो । पुजारीलाई दिएर बाँकी रहेको सो भेटी पञ्चवर्षीय गढीमाई मेला मूल समितिको खातामा जम्मा हुने जनाइएको छ ।

यसैबीच गत मङ्सिर १ गतेदेखि लागेको पञ्चवर्षीय गढीमाई मेला एक महिना लागेर मङ्सिर ३० गते सम्पन्न भएको हो । एकमहिने लामो मेलामा झण्डै एक करोड मानिसले सहभागिता जनाएको अनुमान गरिएको छ । मेलामा मङ्सिर १७ गते राँगा बलि र १८ गते बोका बलि चढाइएको थियो ।

बलि चढेका पाडाको टाउको तीन हजार ५०० रहेको मेला मूल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले बताउनुभयो । यसैगरी तीन लाखभन्दा बढी बोकाको बलि भएको अनुमान गरिएको छ । लाखौँ परेवाहरु उडाइएको भए पनि संरक्षणको अभावमा परेवाहरु पातलिँदै गएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.