Categories
रोचक

‘सुत्केरी हुन १० मिनेट पहिले गर्भवती भएको थाहा भयो’

एजेन्सी। अष्ट्रेलियाकी मोडल एरिन लेङ्गमेडले आफ्नो प्रेग्नेन्सीलाई लिएर नयाँ खुलासा गरेकी छन् । मोडल एरिनले आफ्नो सामाजिक सञ्जाल मार्फत सबैलाई गर्भवतीको अवस्था बारेमा आफूलाई १० मिनेट पहिले मात्र जानकारी दिएकी छन् ।

सामाजिक सञ्जालमा एरिनले डेलिभरीको १० मिनेट पहिले मात्र आफूलाई गर्भवती भएको जानकारी भएको बताएकी छन् । उनले घरको बाथरुममा बच्चा जन्माएकी थिइन् ।

एरिनले लामो समयदेखि गर्भनिरोधक चक्की आएकी थिइन् । उनलाई शंका पनि थिएन । बेबी बम्प र मर्निङ सिकनेस दुवै थिएन । सबै कपडा पनि फिट थिए । एकहप्तालाई उनी आफ्नो जीवनको सबैभन्दा कठिन समय भएको बताएकी छन् ।

अष्ट्रेलियाको समाचार आउटलेट्सका अनुसार बच्चाको तौल जन्मिएपछि ८ पाउण्डको थियो । चिकित्सकहरुले गुप्त गर्भावस्था भनेका छन् । २५ सय महिलामा एक जनालाई यस्तो हुने गरेको चिकित्सकले बताए । एरिनलाई कुनै पनि शारीरिक बदलाव भएको थिएन । डेलिभरीपछि पनि उनी पहिल्यै जस्तै देखिएकी छन् ।

अन्य समाचार

सात महिने बालक बने मेयर

अमेरिकामा सात महिने बालक एउटा सहरको मेयर बनेका छन्। यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् । अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका हुन् । उनी निर्वाचित मेयर नभई। उनलाई मानार्थ मेयर बनाइएको हो।

उनले हालै मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा १५० जना विशिष्ट अतिथि सहभागी थिए । ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिने समाचार एजेन्सीहरुले जनाएका छन् । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।

यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो ।बोलीसमेत नफुटेका सात महिने बालक मानार्थ मेयरमा चयन भएपछि सपथमा समस्या देखिएको थियो । यद्यपि चार्ली आफ्ना अभिभावकको काखमा बसेर सपथ लिए । सपथमा उनले गर्नुपर्ने प्रतीज्ञा भने उनका आमाबुवाले सपथपत्र पढेर पुरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.