Categories
मनोरंजन

नेपाली कथानक चलचित्र ‘सेल्फी किङ्ग’को क्यारेक्टर तस्बिर सार्वजनिक ( केहि तस्बिरहरु सहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेल्फी किङ्ग’को क्यारेक्टर तस्बिर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र विपिन कार्कीको क्यारेक्टर तस्बिर सार्वजनिक गरिएको हो ।

विपिनले दर्शकसँग सेल्फी खिच्दै गरेको देखि सिकर्मीको काम गरिरहेको तस्बिर निर्माण पक्षले सार्वजनिक गरेको हो । हास्य कलाकारको जिन्दगीको कथालाई चलचित्रले उठान गरेको छ ।

हास्य कलाकार गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रममा जाँदाको कथालाई चलचित्र ‘सेल्फी किङ्ग’ले भन्ने छ । निर्देशक दिनेश राउतले निर्माण गरेको चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका छन् । कथा पनि निर्देशक स्वयमको हो ।
चलचित्र माघ २४ लाई रिलिज डेट लिएको छ ।

क्यारेक्टर तस्बिरमा ‘सेल्फी किङ्ग’ अभिनेता विपिन कार्की

 

Leave a Reply

Your email address will not be published.