काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते पृथ्वी जयन्ततीका दिन सार्वजनिक विदा दिन नेपाल सरकारसँग प्रवासी नेपाली एकता समाज यूएईले ज्ञापन पत्र बुझाएको छ । समाजले पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा घोषणा गरेर शाहको युगदानको कदर नेपाल सरकारले गर्नुपर्नेमा ध्यानाकर्षण गराएको हो ।
राष्ट्रनिर्मातालाई सम्मान गर्नको लागि पुस २७ गते सार्वजनिक विदा दिई भव्य रूपमा राष्ट्रिय पर्वको रूपमा मनाउन माग गर्दै यही पुस ७ गते समाजले नेपाली दूतावास अबुधाबीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल सरकारलाई नेपाली राजदुताबास अवुधावीमा राजदूत कृष्णप्रसाद ढकाल मार्फÞत ज्ञापनपत्र वुझाइएको ,राप्रपा आमन्त्रित केन्द्रीय सदस्य तथा प्रवास युएईका अध्यक्ष शशि सिलवालले बताएका छन् ।
शिलवालको नेतृत्वमा नेपाली दूतावास अबुधाबी गएको प्रतिनिधि मण्डलमा राप्रपा प्रवास मध्यपुर्व ईन्चार्ज तोयानाथ लम्साल, वरिष्ठ सल्लाहकार विश्वदेव शाह, सल्लाहकार शंकर श्रेष्ठ,उपाध्यक्षद्वय मनोज जैसवाल, किशोर केसी ,कोषाध्यक्ष नारायण पोखरेल, महिला नेतृ चिना कोईराला,युएई महिला अध्यक्ष शर्मिला थपलिया लगायतका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
ज्ञापनपत्र बुझ्दै राजदुत ढकालले नेपाली इतिहासमा पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको र प्राप्त ज्ञापनपत्रलाई सम्बन्धित निकायमा र्पुयाउन मद्दत गर्ने जानकारी दिएका थिए ।