बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराले विप्लव समूहका बाजुरा इन्चार्जसहित १० जनालाई प्रक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी टोलीले बुढिगंगा नगरपालिकाका- १ अम्कोटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख डिएसपी उद्धबसिं भाटले बताए।
प्रक्राउ पर्नेमा बाजुरा इन्चार्ज भुप्रेन्द्र विक, सचिब भरत थापा, जिल्ला कमिटि सदस्य अंगराज भण्डारी र पबित्रा बिक रहेका छन्। त्यस्तै, विद्यार्थी कमिटिका गोरख रोकाया, समिक्षा बिक, सुशिला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई मंगलबार बिहान ५ बजे प्रक्राउ गरेको हो।
प्रहरीले प्रक्राउ उनीहरुको साथबाट डेटोनेटर २ वटा, हेन्डग्रिनेट २ वटा र २ पाकेट गन पाउडर बरामत गरेको छ। त्यस्तै लाखौं रकम चन्दा संकलन गरेको चन्दा रसिद पनि फेला पारेको प्रहरी प्रमुख उद्धव भाटले बताए।
प्रहरीले उनीहरु गाउँमा गएर चन्दा संकलन गर्नुका साथै विभिन्न गतिविधि गर्दै आएको भन्दै प्रक्राउ गरेको हो।प्रक्राउ परेका विप्लव समूहका कार्यक्रतालाई मुद्धा चलाउने जनाएको छ।उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर ऐन लगाइने प्रहरी जनाएको छ।