Categories
समाचार

७० वर्षमा एमए पास गर्ने ७० वर्षीया नानीमैयाँ श्रेष्ठ बनिन् त्रिविको ४५ औं दीक्षान्त समारोहमा प्रेरणाको स्रोत

काठमाडौं, ८ पुस । ‘पढ्न उमेरले छेक्दै।’ भन्ने गतिलो उदाहरण बनेकी छन् ७० वर्षीया नानीमैयाँ श्रेष्ठ । केही दिनयता सामाजिक सञ्जालमा माथि उल्लेखित क्याप्सनसहित उनको फोटो ‘भाइरल’ नै भैरहेको छ । उनले पहेँलो फुर्का झुन्डिएको कालो टोपीसँगै त्रिभुवन विश्वविद्यालयको दीक्षान्त पोसाक लगाएकी छन् ।

गत बिहीबार दस हजारभन्दा बढी युवाको भिडमा उनि बिल्कुल नौलो देखिइन् र सँगै सबैको आकर्षणको केन्द्रसेमत बनिन् । त्रिविको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ विद्यार्थीसँगै नानीमैयाँ पनि दीक्षित भएकी हुन् ।

जीवनका सात दशक काटेकी नानीमैयाँले पाटन क्याम्पसबाट नेपाल भाषामा स्नातकोत्तर गरेकी हुन् । दीक्षान्त समारोहमा नानीमैयाँ धेरैका लागि प्रेरणा बनिन् ।

Leave a Reply

Your email address will not be published.