Categories
अन्तरास्ट्रिय

बक्स अफिसमा ‘दबंग ३’ को आक्रामक व्यापार, ४ दिनमै कमायो यति धेरै

बक्स अफिसमा बलिउड चलचित्र ‘दबंग ३’ ले आक्रामक व्यापार गर्दैछ । सलमान खान, सोनाक्षी सिन्हा र सई मान्जरेकर अभिनित चलचित्र दबंग ३ ले रिलिज भएको ४ दिनसम्ममा ८० करोढ भन्दा बढी कमाइसकेको छ ।

सोमवार यस चलचित्रले १० करोडको हाराहारीमा व्यापार गरेको जनाइएको छ । यस चलचित्रले रिलिज भएको चार दिनमा ८९.१५ करोडको व्यापार गरेको छ ।

फिल्म समीक्षक तरण आदर्शका अनुसार रिलिज भएको दिन २४.५० करोड कमाएको यस चलचित्रले शनिवार २४.७५ करोड र आइतवार ३१. ९० करोड कमाएको थियो ।

अन्य समाचार

ट्विंकल खन्नालाई अक्षय कुमारको गिफ्ट, कानमा प्याजको रिङ

बलिउडका चर्चित अभिनेता अक्षय कुमारले ट्वींकल खन्नालाई प्याजको एयररिङ उपहार दिएपछि सर्वत्र चर्चा भइरहेको छ ।

प्याजको बढ्दो मूल्यलाई लक्षित गर्दै प्याजलाई विभिन्न विषयमा जोड्न थालेको यो पहिलो घटना भने होइन । कहिले प्याजको फूली, कहिले प्याजको एरिरिङ त कहिले प्याजकै खानालाई लिएर पछिल्लो समय चर्चा भइरहेको छ ।

बलिउडका अभिनेता अक्षय कुमारले प्याजको एयररिङ ‘गिफ्ट’ दिएपछि ट्विंकल खन्ना निकै खुशी भएकी छन् । उनले एक तस्वीर शेयर गर्दै खुशी व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published.