बलिउड अभिनेता रणबीर कपूर यतिबेला आगामी फिल्म ‘ब्रह्मास्त्र’को शूटिङमा व्यस्त छन् । फिल्मलाई लिएर रणबीर र उनकी प्रेमिका आलिया भट्ट चर्चामा छन् । फिल्मको सेटमा धेरैजसो समय उनीहरू सँगै देखिएका छन् ।
यसैबीच रणबीरले अन्य फिल्म पनि साइन गरेका छन् । लव रंजनको अनटाइटल्ड फिल्मको पनि मिडियामा चर्चा हुन थालेको छ । फिल्ममा रणबीर कपूर र दीपिका पादुकोणको भूमिका हुने समेत खबर बाहिर आएको थियो । तर त्यो साँचो नभएको बताइएको छ ।
भारतीय सञ्चाारमाध्यमअनुसार लव रंजनको नाम टुंगो नलागेको फिल्ममा रणबीरको अपोजिटमा अभिनेत्री श्रद्धा कपूर हुने भएकी छन् । फिल्म समीक्षक तरण आदर्शले भने, ‘लव रंवनको आगामी फिल्ममा रणबीर कपूर र श्रद्धा कपूर पहिलो पटक एकसाथ देखिँदैछन् ।