Categories
ताजा समाचार

छाडेर रोए मोरङका पत्रकार

मोरङ । मोरङका पत्रकारहरूले सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी ल्याएको विधेयकको रोएर बिरोध गरेका छन । जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका पत्रकारहरूले संसदमा पेश गरेको विधेयक हुबहु पारीत गरे वास्तवमै रुनुपर्ने अवस्था आउने भन्दै रोदनसहितको बिरोध गरेका हुन ।

नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको रुने कार्यक्रममा सहभागी पत्रकारहरूले डाको छाडेर रुँदै पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गरे ।

बिरोध कार्यक्रमलाई संवोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकारिताका आधारभूत पक्ष नै कुण्ठित हुने गरी ल्याइएका विरोधले स्वतन्त्र नेपाली प्रेस नै धरासायी हुने बताए । उनले यस्ता विधेयक खारेज या परिमार्जन हुनुपर्नेमा जोड दिए । प्रदेश अध्यक्ष लुइँटेलले प्रेस काउन्सिलको स्वतन्त्रतामै असर गर्ने गरी र पत्रकारलाई जरिवाना लगाउने मनसायका कानुनको विरोधमा नेपाल पत्रकार महासंघ रहेको बताए ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लव घिमिरेले सरकारले विभिन्न विधेकयमार्फत् प्रेसलाई कस्ने र नियन्त्रण गर्ने गलत मनसाय राखेको आरोप लगाए । उनले प्रेसको स्वतन्त्र हुनुपर्ने प्राकृतिक नियमलाई सरकारले चुनौती दिएको र आफुहरूका लागि मान्य नहुने बताए ।

प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले पत्रकारको लेख्न, बोल्न र दृश्य देखाउन पाउने अधिकारमाथि सरकारले नियन्त्रण गर्न खोेजेको बताए ।
पत्रकारहरूको आन्दोलनमा विभिन्न सामाजिक संघसंस्थाले पनि ऐक्यवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.