एजेन्सी – बलिउडकी चर्चित नायिका हुन् नायिका हुन् प्रियंका चोपडा । धेरैजसो आफ्ना हट फोटोसुट र फिल्मका कारण चर्चामा आउने प्रियंका पछिल्लो समय भने एक फरक कारणबाट चर्चामा आएकी छिन् । अमेरिकी गायक निक जोनससंग घरजाम गरेकी प्रियंका महंगि नायिकामा पनि गनिन्छन् । पहिरनदेखी धेरै सामानहरु महंगो लगाएर हिड्ने उनी कहिलेकाही महँगो सामानकै कारण चर्चामा आउने गर्छिन् ।
उनको सामानको कुरा गर्दा उनले बोक्ने मिनि ब्याग पनि निकै महँगो छ । केहि समयअघि उनले पतिको जन्मदिनमा एक ब्याग बोकेकी थिइन्। उक्त ब्यागको मूल्य निकै महँगो छ । उक्त समय धेरैको ध्यान उनको सुन्दरता संगसंगै क्लचमागएको थियो । भारतिय मिडियाका अनुसार उक्त क्लचलाई १,८५० डलर परेको बताइएको छ ।
अन्य समाचार
गायिका आशा भोस्ले नेपाल आउँदै
साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै हुनुहुन्छ । उहाँले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो ।
“उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, मोक्तानले भन्नुभयो । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसक्नुभएको छ । असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।
उहाँले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिनुभएको छ । “नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ”, मोक्तानले भन्नुभयो ।