Categories
स्वास्थ्य

यी रोगका बिरामीलाई मेवा अतिउपयोगी

मेवा खानुभएको छ ? मेवा बाह्रै महिना पाइने फल हो । मेवा शरीर र स्वास्थ्यका लागि निकै फाइदाजन मानिन्छ । मेवाले पेट, मुटु र छालालाई स्वास्थ्य राख्न सहयोग पुर्‍याउँछ । त्यतिमात्र होइन कतिपय रोगका बिरामीका लागि मेवाले औषधिकै रुपमा समेत काम गर्छ । आज हामी तपाईलाई मेवाले कुन रोगका बिरामीलाई फाइदा गर्छ भनेर जानकारी दिदै छौं ।

यी रोगमा फाइदाजनक मेवा

दाद आएमा- तपाईलाई दादको समस्या छ भने काँचो मेवाको टुक्रा काटेर दाद आएको ठाउँमा नियमित लगाएमा दाद ठिक हुन्छ । त्यसका लागि बोटबाट टिपेको ताजा काँचो मेवा प्रयोग गर्नुपर्छ ।

जिब्रो फुटेमा- तपाईको जिब्रो फुटेको छ । यदी जिब्रो फुटेको छ भने मेवाले तपाईको फुटेको जिब्रोलाई निको बनाउन सक्छ । त्यसका लागि काँचो मेवालाई गिलसिरिन मिसाएर जिब्रोमा बिहान र बेलुका लगाउँदा केही दिनमा जिब्रो फुटेको ठिक हुन्छ ।

डंडीफोर र चाँया भएमा- काँचो मेवाले तापईको छालामा हुने समस्या निको पार्न सहयोग पु¥याउँछ । काँचो मेवाको पेस्ट बनाएर हेरक दिन त्यसले मुख धोएमा डंडीफोर, चायाँ, पोटो निको हुन्छ ।, घाँटी सुन्निएमा- काँचो मेवाको टुक्रा पकाएर पानीले मुख कुल्ला गर्दा केही दिनमा घाँटी सुन्निने समस्या ठिक हुन्छ ।

चाउरीपना आउन नदिन- मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्या आउन दिदैन ।त्यसैले जवान रहन चाहनुहुन्छ भने मेवाको पेस्ट बनाएर प्रयोग गर्नुस्

पेटको समस्यामा- मेवाको बियाँले पेटको समस्यामा औषधिको काम गर्छ । पेटमा जुका वा परजीवीको कारणले पेट दुख्ने समस्या छ भने मेवा खानु उपयुक्त हुन्छ ।, तौल घटाउन- उच्च पोषण र न्यून क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी हुन्छ ।

वाकवाकी लाग्न नदिन – खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ।

प्रतिरोधी क्षमता वृद्धि गर्न- मेवामा भिटामिन ए र भिटामिन सी पाइन्छ । मेवाले शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग पुर्‍याउँछ । त्यसैले ज्वरो, रुघाखोकी भइरहने बिरामीले मेवा खाँदा यस्तो समस्याबाट छुटकारा पाइन्छ ।, डेंगुकाे राेकथाम- मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने छ । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।

Leave a Reply

Your email address will not be published.