Categories
समाचार

बाबुआमा गुमाएका तीन दलित बालबालिकलाई विश्वप्रकाशले हस्तान्तरण गरे घर

काठमाडौं– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको टोली सिन्धुलीका असाहय बालबालिकाका लागि घर निर्माण गरिदिएको छ । बाबुआमा गुमाएका तीन नबालकका लागि शर्मा नेतृत्वको टोलीले घर निर्माण गरेर हस्तान्तरण गरेको हो । सृजना, अनिल र मिलन परियारको पिडादायी जीवन देखेर उनीहरुका लागि घर बनाए हस्तान्तरण गरिएको हो ।

यी तीन बालबालिकाले प्रसव पिडाका कारण आमा र क्यान्सरका कारण बुवा गुमाएका थिए । उनीहरुको घर ५ पुसमा हस्तान्तरण गरिएको शर्माले जनाएका छन् । ‘प्रसव पीडाले आमा र क्यान्सरले लग्यो बाबा । न बस्ने घर, न खाने टुंगो,स्कुलपनी टुट्यो ।

सिन्धुलिका ३ नाबालक सृजना, अनिल र मिलन परियारको मार्मिक पीडाले हामी सबैलाई छोयो,’ शर्माले समाजिक सञ्जालमा लेखेका छन्, ‘तर ५ पुस हर्षको दिन बन्यो जब उनिहरुका लागि बनाएको सानो घर हस्तान्तरण गर्न सकियो ।’ शर्मा नेतृत्वको टोलीले असाहय बालबालिकाका लागि घर बनाइदिएपछि चौतर्फी प्रसंशा भइरहेको छ । बधाई नेपाली कांग्रेस सिन्धुली !

Leave a Reply

Your email address will not be published.