काठमाडौं। नेपाली कथानक चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक गरिएको छ।
आरोही केसीको निर्माण तथा दीपेन्द्र लामाको लेखन/निर्देशन रहेको चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त भोलाराज सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल लगायतका कलाकारको अभिनय छ।
गतवर्ष प्रदर्शनमा आएको चलचित्रले गाइपालक युवाको कथालाई उठान गरेको छ।
अन्य समाचार
राष्ट्रसंघद्धारा ‘निलो आकाशका लागि सफा हावा’ दिवस घोषणा
संयुक्त राष्ट्रसंघले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई निलो आकाशका लागि सफा दिवसको रुपमा मनाउने घोषणा गरेको छ । राष्ट्रसंघको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको राष्ट्रसंघका अधिकारीहरुले जनाएका छन् । दिवस मनाउने निर्णय आगामी सन् २०२० देखि लागु हुने जनाइएको छ ।
स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्वपूर्ण भएकाले त्यस बारेमा आम नागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीहरुले जनाएका छन् ।
वायु प्रदुषणले विश्वभरीका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्व अत्यन्त धेरै रहेको विज्ञहरुको भनाई छ ।
वायुको गुणस्तर बढाउनका लागि विश्वव्यापी रुपमा अध्ययन, अनुसन्धान, जनचेतनामुलक अभियान चलाउनु पर्नेमा समेत सरोकारवालाहरुले जोड दिदै आएका छन् ।