Categories
ताजा समाचार

र*क्सीले मा*त्तिएका प्रहरी हवल्दार सडकमा लाइसेन्स जाँच्न हिँडेपछि

काठमाडौं । कानुनको पालना गराउने प्रहरी आफै मा दक पदार्थ से वन गरेर सवारी चालक अनुमतिपत्र जाँच गर्न सडकमा निस्केपछि वि वादमा परेका छन् । बिहिबार पोखराको ताल्चोकमा मा दक पदार्थ सेवन गरेका प्रहरी हवल्दार भीमबहादुर यादव सडकमा सवारी चालक अनुमतिपत्र चेकजाँचमा निस्केका हुन् । अरुलाई नियम सिकाउँदै बाटोमा उभिएका उनका खुट्टाले ठिक ठाउँमा टेकेका थिएनन् । प्रहरी हवल्दार यादव अरूको लाइसेन्स त चेक त गरिररहेका थिए तर उनी आफैंलाई भने राम्ररी सम्हाल्न सकिरहेका थिएनन्।

आफै होसमा नरहेका हवल्दार यादवले अरु मा दक पदार्थ सेवन गरेका केही सवारी चलाकको बारेमा मेसो पनि पाएनन् । तर सबै कागजपत्र बोकेर हिँडेकी एकजना स्कुटी चालक महिलासँग भनाभन भएपछि उनकै कारण यादवको पोल खुल्यो । उनले भनिन् तपाईं आफैं मा पसे गरेर यसरी हिँड्ने रु म कागजपत्र नबोकी हिँड्ने मान्छे होइन, सबै कागजपत्र छ। तपाई एक पटक हाँ गर्नुस्।

महिलाले त्यती भनेपछि मानिसको भिड जम्मा भयो । मानिसको भिड बढेपछि उनले एक जना पुरुषलाई ति प्रहरीको मुख चेक गर्न लगाइन् । महिला आफैले पनि सुँघिन । थप पुष्टि गराउन भीडबाट एक पुरूषलाई बोलाएर सुँघ्न लगाएकी थिइन् । जम्मा भएका मानिसले यादवलाई बीचमा राखेर उनको फोटो र भिडिओ खिच्छन्। अहिले उनको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बर्दीमा र क्सी खाएर लाइसेन्स जाँच्न हिँड्ने यादवलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कार बाही गर्ने भएको छ।

विमानस्थल निर्माणका लागि रुख नकाट्न अन्तरिम आदेश

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न आज अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले बारामा निर्माण हुन लागेको विमानस्थलका लागि रुख नकाट्न अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि सर्वोच्च अदालतले गत मङ्सिर २० गते रुख काट्ने कामलाई यथास्थितिमा राख्न आदेश थिएको थियो । सोही विषयमा दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो । निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी र भरत बस्नेतलगायत संयुक्त रुपमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ गर्दै विमानस्थल निर्माणसम्बन्धी दुवै निवेदनलाई एकै ठाउँमा राखेर हेर्ने आदेश भएको छ ।

सरकारले दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रुपमा निजगढमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । यसअघि पनि सर्वोच्च अदालतमा विमानस्थल निर्माणका लागि रुख काट्न लागेको भन्दै त्यसको विरुद्धमा रिट दायर गरिएको थियो । गत कात्तिक २५ गते न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सहितको काजजात अदालतमा पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

सरकारले आठ हजार हेक्टर क्षेत्रफलमा निमार्ण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए २०७४ चैतमा वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरेको थियो । विमानस्थल निमार्णस्थलका रुख कटानी तथा पहुँचमार्ग निर्माणका लागि प्राधिकरणले नेपाली सेनासँग सम्झौता गरेको दुई वर्ष भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.