Categories
खेलकुद

रोनाल्डोले मेडल लाउन मानेनन् (भिडियो सहित)

एजेन्सी । इटालियन सुपरकपमा युभेन्टस लाजियोसँग ३–१ ले पराजित भएपछि क्रिस्टियानो रोनाल्डोले उपविजेताको मेडल पाउने बित्तिकै उतारेका छन् । गोन्जालो हिग्वाइनसँगै रोनाल्डोले पूरै ९० मिनेट खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

मेडल थाप्न जाँदा पनि रोनाल्डो रुष्ट देखिन्थे । मेडल पाउने बित्तिकै उनले मेडल उतारेर राखे । साउदी अरबमा आइतबार राति भएको फाइनलमा लाजियोले युभेन्ट्सलाई ३–१ गोलले हरायो ।

लाजियोको जितमा लुइस अल्वेर्टाे, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरे । युभेन्ट्सका पाउलो डिबालाले सान्तवना गोल फर्काएका थिए । लाजियोले १६ औँ मिनेटमा लुइस अल्र्वेटोको गोलमा अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा डिबालाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

तर, दोस्रो हाफमा लाजियोले उत्कृष्ट खेल प्रदर्शन गर्यो । ७३औं मिनेटमा सेनादले गोल गर्दै लाजियोलाई फेरि अगाडी बढाए । दोस्रो हाफमो इन्जुरी समयमा डानिलोले गोलगर्दै लाजियोको जित पक्का बनाएका थिए । यसअघि युभेन्ट्सका रोड्रिगो बेन्टानकर दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि लाजियोलाई उपाधि चुम्न थप सहज भयो ।

Leave a Reply

Your email address will not be published.