Categories
समाचार

अष्ट्रेलिया जान लागेका थिए रवि : बुवाले रञ्जनालाई भने, ‘जिवित नरहेको छोराको ब’दनाम गर्ने काम नगर’

काठमाडौं। चितवनको रञ्जना मैनाली र रवि रुवालीको घट नाका बारेमा अब ब्याख्या गर्न जरुरी छैन । यो घट नाले अहिले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चर्चा पाइसकेको छ । अष्ट्रेलियामा रहेकी रञ्जना तीन वर्ष पछि नेपाल फर्केको बेलामा उनका पतिले देह त्याग गरेका थिए । उनले देह त्याग गर्नुको कारणलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

रविको परिवारका सदस्यले रञ्जनाको तिरस्कारका कारण रविले देह त्याग गरेको दावी गरेका छन् । यता रञ्जनाले भने अष्ट्रेलिया जान नपाएका कारण रवि नै आफुसंग टाढिएको दावी गरेकी छन् । उनले रवि धेरैपटक प्रहरी केशमा परेका कारण अष्ट्रेलियाको भिषा नलागेको तर्क गरेकी छन् । रवि प्रहरी केशमा परेको कुरा आफु विवाह अघि अनभिज्ञ रहेको रञ्जनाको भनाई छ।

रञ्जनाको सो भनाई प्रति रविका बुवाले आपत्ती ब्यक्त गरेका छन् । उनले रञ्जनालाई रवि प्रहरी केशमा परेको कुरा प्रमाणीत गरेर देखाउन चेता वनी दिएका छन् । उनले रञ्जनाले ला स माथि खेती गरेको टिप्पणी गरेका छन् । रविको वुवाले रञ्जनालाई त्यस्ता गलत कुरा नबोल्न सुझाव दिएका छन् । उनले आफ्नो छोरी समेत अष्ट्रेलियामा भएका कारण रविलाई त्यहाँ पठाउन रञ्जनाको आवश्यकता नपर्ने बताएका छन्।

उनले धर्तीमा न्याय रहेछ भने रञ्जना एक दिन कठघरमा आउने विश्वास गरेका छन् । उनले आफ्नो छोरा टेक्निकल लाइनको भएकाले विदेश जान कुनै सम स्या नभएको बताए । उनले आफ्नो छोरा फागुन महिनामा अष्ट्रेलिया जान लागेको बताएका छन् । रञ्जना नेपाल नआएको भए आफुले छोरा गुमाउनु नपर्ने भन्दै रविका बुवा भावुक हुँदै भने मैले ३० वर्षको लक्का जवान छोरा गुमाएको छु, जिवित नरहेको छोराको बदनाम गर्ने काम नगर।

समाचारमा यो पनि पढ्नुहोस:‘ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षीय रणनीति बनाउँछु’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षे रणनीतिक योजना बनाउने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा ज्येष्ठ नागरिकसँगको अन्तरक्रियामा मन्त्री गुरुङले भने, “ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा प्रयोग हुनेगरी सरकारले ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षे रणनीतिक योजना तयार गरेर कार्यान्वयनमा ल्याउने छ ।”

उनले ज्येष्ठ नागरिकको हित हुनेगरी सरकारले आगामी आवको नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षसँग आह्वानसमेत गरे । मन्त्री गुरुङले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई मुलुकको समृद्धिसँग जोडेर अघि बढ्ने गरी सरकारले १० वर्षे रणनीतिक योजना बनाउने तयारी गरेको अवस्थामा आवश्यक सुझाव दिन ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत सङ्घ, संस्था तथा विज्ञहरुलाई आग्रह गरे ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याउने कम्तिमा १० जना ज्येष्ठ नागरिकलाई हरेक वर्ष १० लाख नगदसहित सम्मान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले सरकारले ज्येष्ठ नागरिकका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published.