Categories
ताजा समाचार

ललितपुरको पाटन दरबारमा चन्द्रमा देखिएपछि फोटो खिच्न सर्वसाधारणको भिड

काठमाडौँ । चन्द्रमाको आकृति हेर्न ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार सर्वसाधारणको भिड लागेको छ। उक्त चन्द्रमा देखेपछि फोटो खिच्ने र हेर्ने सर्वसाधारणको भिड जम्मा भएको थियो।

यो चन्द्रमा धरानका मिलन राईले बनाएर प्रदर्शनमा राख्नुभएको हो। उहाँले आफूले विश्वबन्धुत्वको भावनाले यो काम गरेको बताउनुभयो । ‘चन्द्रमा राख्दा सबै मान्छे हेर्न आए, यसको सुन्दरताले सबैलाई आकर्षित गरोस् भनेर राखेको हुँ’ उहाँले भन्नुभयो। उहाँले अब यो चन्द्रमा पोखरामा पनि प्रदर्शन गर्ने इच्छा भएको बताउनुभएको छ।

अन्य समाचार

प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

नेपाल सरकार, मन्त्रिपरिषद्को २०७६ मंसिर ३० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई २०७६ पौष ६ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साथै, उपरथी दर्जामा पदोन्नति भएका उपरथी थापालाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह-संयोजकको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

मन्त्रिपरिषद्मले सोही मितिमा महासेनानी नारायण सिलवाललाई सहायकरथी र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानी दर्जामा पदोन्नति गरेको थियो । तीन उपरथीहरुलाई सरुवा गरिएको छ । त्यस्तै महासेनानी दीप सिंह र प्राविधिक महासेनानी डा अमित जोशीको राजीनामा स्वीकृत गरेको थियो । (साँघु न्युज)

Leave a Reply

Your email address will not be published.